काठमाडौं । “जब प¥यो राती अनि बूढी ताँती” भने जस्तै नयाँ संविधानको कार्यान्वयनसँग भएको पहिलो प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नराम्ररी हार खाएपछि कांग्रेसका नेताहरु बर्बराउन थालेका छन् । स्थानीय निकायको निर्वाचनमा हार खाँदा कानमा तेल हालेर बसेका युवा नेता अहिले आपूm पनि हारेपछि सम्पूर्ण दोष अरुमाथि थुपारेर पानीमाथि ओभानो बन्ने प्रयासमा लागि परेको टिप्पणी हुन थालेको छ । १३औं महाधिवेशनमा पार्टीमा जितेर आएका यी युवा नेता केन्द्रीय समितिदेखि पार्टीको संरचना बलियो बनाउन कसले छेकेको थियो त्यो भने प्रष्ट पार्न नसकेका युवा नेताहरु मौकामा चौका हानेर पद हत्याउने रणनीतिमा लागेको राजनैतिक टिप्पणी हुन थालेको छ । १३औं महाधिवेशनपश्चात यी युवा नेताहरु पनि कांग्रेसका शीर्ष नेताहरुको गुट÷उपगुटमा लागि नपेरका होइनन् । यी युवा नेताहरु १३औं महाधिवेशनपछि युवाको संरचना बनाएर देश दौडाहमा हिँडेको भए बूढा नेताहरुको ज्यादती केही हदसम्म रोकिने थियो । त्यतिबेलै किन त्यस कुरामा ध्यान दिएनन् यी युवा नेताहरुले सर्वत्र चासोको विषय बनेको छ । १३औं महाधिवेशनसम्म यी युवा नेताहरु पौडेल गुट, देउवा गुट र सिटौला गुटबाट महाधिवेशनमा लडेका थिए भने संविधानसभा जितेर आउने यी युवा नेताहरुले पदका लागि गरेको गुटबन्दी सबैले देखेको हो । त्यसैले ट्याउँ ट्याउँ कराएर प्रचारमा आउनु भन्दा कांग्रेसको आन्तरिक कलह मिलाउने प्रयासमा लाग्न राजनैतिक विश्लेषकहरुले सुझाव दिएका छन् ।
अहिले निर्वाचनपछि कांग्रेसको केन्द्रीय समितिको बैठक समेत बस्न सकेको छैन । कांग्रेसका केही युवा नेताहरुले अहिले सम्पूर्ण दोष दिंदै बुढा नेताहरुलाई विश्राम लिन आग्रह गरिरहेका छन् । निर्वाचनपश्चात राजधानीको तिनकुनेमा जम्मा भएका युवा पछिल्लो समयमा जुन गुटबाट आएका उतै फर्केपछि युवाहरुको जमात पनि पातलिंदै गएको छ । पछिल्लो समयमा युवा नेता चन्द्र भण्डारी, गगन थापा, प्रदीप पौडेल, गुरुराज घिमिरे लगायत नेताहरुले नेतृत्व वर्गमाथि समय सकिएको औषधीको संज्ञा दिंदै विशेष महाधिवेशन बोलाएर नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन् । तर नेतृत्व कसले लिने भनेर यकिन गर्न भने सकेका छैनन् । वर्तमान अवस्थामा नेतृत्व स्वात्तै युवा नेताहरुलाई हस्तान्तरण गर्न भने शीर्ष नेताहरु तयार देखिंदैन । युवा नेताहरुको लागि राजधानी अन्तरक्रिया कार्यक्रम संचालन र चुनावमा हार्नु परेको पिडा पोख्ने स्थानको रुपमा परिणत हुने त होइन भन्ने चर्चा चल्न थालेको छ ।
काठमाडौं : दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दुध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये...
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला...
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग जोडदार माग गरेका छन् ।...