काठमाडौं । वाणिज्यमन्त्री मिन विश्वकर्माले नयाँ सरकार गठनको लागि कम्तिमा पनि ६ हप्ता समय लाग्ने भएकोले त्यसपछिमात्रै आफूहरुले सरकार छोड्ने स्पष्ट पारेका छन् । मन्त्री विश्वकर्माले राष्ट्रिय सभाको निर्वाचन नभएसम्म नयाँ सरकार गठनको लागि प्रक्रिया नै सुरु नहुने बताए । उनले भने,‘वाम गठबन्धनका साथीहरुले अबको १५ दिनभित्रै नयाँ सरकार बन्छ भने उनीहरुले बहुमत ल्याएकै दिनदेखि सरकार गठन गरिसक्नुभयो, तर निर्वाचन आयोगले दल दर्ताको लागि १५ दिनको समय तोक्छ, त्यसपछि एक महिनाभित्रै चुनाव सम्पन्न गर्नुपर्छ, हामी त आयोगलाई सहजीकरण गर्ने हो, यसरी हेर्दा सरकार गठनको लागि कम्तिमा पनि ६ हप्ता समय लाग्छ।’ उनले आउने फागुण यता नयाँ सरकार नबने ठोकुवा गरे ।
मन्त्री विश्वकर्माले कांग्रेस प्रतिपक्षमा बस्न तयार छ, हामी रचनात्मक भूमिका निर्वाह गर्छौं, संविधानको पूर्ण कार्यान्वयन र समावेशी–समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्दै अघि बढ्छौं।’ उनले आफूहरु सरकारबाट छिटोभन्दा छिटो छोड्ने तयारीमा रहेको बताए ।
काठमाडौं : दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दुध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये...
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला...
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग जोडदार माग गरेका छन् ।...