४२औं मेलमिलाप दिवस सम्पन्न – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

४२औं मेलमिलाप दिवस सम्पन्न

काठमाडौं । वि.सं. २०३३ सालमा वीपी कोइरालाले प्रतिपादन गरेका राष्ट्रिय मेलमिलापको अवधारणा अहिले पनि सान्दर्भिक रहेको छ । तत्कालिन अवस्थामा नेपालको प्रजातन्त्र र राष्ट्रिय जोगाउन भारतको निर्वासन छोडेर नेपाल फर्केका दिनलाई कांग्रेसले राष्ट्रिय मेलमिलापको रुपमा मनाउँदै आएको छ । यही क्रममा हिजो ४२औं मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भयो । तत्कालिन अवस्थामा देशको राजनैतिक संकटको समधान जनताबाटै हुनुपर्ने भन्दै उनीहरुलाई सचेत गराउन निर्वासनमा रहेका नेताहरु वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, लगायत पुस १६ गते स्वदेश फर्केका थिए । त्यही दिनको स्मरणमा हरेक वर्ष पुस १६ गतेलाई राष्ट्रिय मेलमिलाप दिनको रुपम मनाइन थालिएको थियो । देशको सार्वभौमसत्ता गुम्ने खतरा देखेर प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला लगायतका नेताहरु राजा महेन्द्रसँग मेलमिलाप गर्ने नीति लिएर नेपाल फर्केका थिए तर राजा महेन्द्रले भने विमानस्थ्लमै पक्राउ गरेर सुन्दरीजल जेल पठाए । यद्यपि जननायक वीपी कोइराला भने राष्ट्रियताको पक्षमा सधैँ दृढ रहिरहे । उनले त्यतिबेला प्रतिपादन गरेका राष्ट्रियताको अवधारणा अहिलेको अवसथामा अझ बढी सान्दर्भिक र महत्वपूर्ण बनेको छ ।

सम्बन्धित समाचार

दुध किसानलाई १२ करोड भुक्तानी
दुध किसानलाई १२ करोड भुक्तानी
  • २०७४ पुष १७, ०९: २२

काठमाडौं : दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दुध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये...

तोलामा एक हजारले घट्यो सुनको मूल्य
तोलामा एक हजारले घट्यो सुनको मूल्य
  • २०७४ पुष १७, ०९: २२

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला...

कि प्रधानमन्त्रीलाई संसद्‍मा बोलाउनुपर्‍यो, नभए मलाई निस्केर जा भन्नुपर्‍यो : हर्क साम्पाङ
कि प्रधानमन्त्रीलाई संसद्‍मा बोलाउनुपर्‍यो, नभए मलाई निस्केर जा भन्नुपर्‍यो : हर्क साम्पाङ
  • २०७४ पुष १७, ०९: २२

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग जोडदार माग गरेका छन् ।...