
चिनको वुहान प्रान्तबाट सुरु भएको नोभल कोरोना भाइरस नामक रोगका कारण अहिले विश्वका विभिन्न देशहरुबाट चारहजारभन्दा बढी व्यक्तिहरुको ज्यान गइसकेको छ । नोभल कोरोना भाइरसको बढ्दो प्रभावलाई विश्वका धेरै राष्ट्रहरुले महामारीको घोषणा गरेका छन् । विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेसँगै अर्बौ रकमहरु जुनसुकै देशको लागि पनि खर्च गर्न तयार भएको जनाइरहेको छ ।
चिनबाट शुरु भएको यो महामारी अहिले विस्तारै चिनमा कम हुँदै आएको चिनले जनाएको छ । तर युरोप, अमेरिका लगायत अन्य मुलुकमा भने निकै प्रभावित हुँदै गएको छ । ईटलीमा ईटली सरकारले संकटकालनै घोषणा गरिसकेको छ । हाम्रो देश नेपालमा पनि उच्च सतर्कर्ता अपनाउन सरकारले आव्हान गरिरहेको छ । तर सरकारकै स्वास्थ्यमन्त्रीजस्तो व्यक्तिको अभिव्यक्ति भने गैरजिम्मेवारपूर्ण तरिकाले आएको छ ।
अहिले स्वास्थमन्त्रीको यो अभिव्यक्तिप्रति नेपाली जनता आक्रोसित भएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अघिल्लो साता नोभल कोरोना भाइरसको संक्रमण भएका व्यक्तिहरुलाई सरकारले आइसोलेसनमा राख्न नसक्ने अभिव्यक्तिप्रति नेपाली जनता आक्रोसित हुन पुगेका छन् ।
विश्वका विभिन्न मुलुकहरुमा सरकारलेनै विशेष व्यवस्था गरेर महिनौ दिनदेखि तालिम लगायत स्वास्थ उपकरणहरुको तयारी गरेर आफ्नो नागरिकहरुलाई निःशुल्क स्वास्थ्य उपचार गरिरहेको छ । तर हाम्रो मुलुकमा भने जनताको स्वास्थ्यजस्तो संवेदनशील कुरामा समेत सरकार पन्छिन खोजिरहेको छ ।
सरकारलेनै जनताको जिउधनको सुरक्षा लिनुपर्ने विश्वव्यापी मान्यतालाई सरकारका स्वास्थ्यमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले थाहा नपाउनु राष्ट्रकै लागि बेइजती कुरा हो । किनभने विश्वका गरीब राष्ट्रहरुले पनि आफ्ना नागरिकको सुरक्षाको लागि विभिन्न उपायहरु अपनाएर नागरिकलाई सुरक्षा दिन्छन् ।
तर हाम्रो नेपालमा भने जिम्मेवार व्यक्तिहरुबाटै यस्तो गैरजिम्मेवार अभिव्यक्ति आएपछि सामाजिक सञ्जालदेखि बौद्धिक जगत समेत तिलमिलाएका छन् । आफ्नो पदीय दायित्व र मर्यादा के हो भन्ने समेत थाहा नहुने मन्त्रीहरुबाट नेपाली जनताले के अपेक्षा गर्लान ।
नोभल कोरोना भाइरसका कारण हाम्रो देशका नागरिकहरु त्रास्तिपूर्ण अवस्थाबाट गुज्रिरहेका छन् । तर सरकार भने सिंहदरबारमा बसेर जनतालाई आदेश दिईरहेका छन् ।
काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
उदयपुर । उदयपुर जिल्लाको नेपाली कांग्रेस इतर समूहको जिल्ला अधिवेशनबाट बसन्त कुमार बस्नेत जिल्ला सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।...