स्वास्थ्यमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

स्वास्थ्यमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति

चिनको वुहान प्रान्तबाट सुरु भएको नोभल कोरोना भाइरस नामक रोगका कारण अहिले विश्वका विभिन्न देशहरुबाट चारहजारभन्दा बढी व्यक्तिहरुको ज्यान गइसकेको छ । नोभल कोरोना भाइरसको बढ्दो प्रभावलाई विश्वका धेरै राष्ट्रहरुले महामारीको घोषणा गरेका छन् । विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेसँगै अर्बौ रकमहरु जुनसुकै देशको लागि पनि खर्च गर्न तयार भएको जनाइरहेको छ ।

चिनबाट शुरु भएको यो महामारी अहिले विस्तारै चिनमा कम हुँदै आएको चिनले जनाएको छ । तर युरोप, अमेरिका लगायत अन्य मुलुकमा भने निकै प्रभावित हुँदै गएको छ । ईटलीमा ईटली सरकारले संकटकालनै घोषणा गरिसकेको छ । हाम्रो देश नेपालमा पनि उच्च सतर्कर्ता अपनाउन सरकारले आव्हान गरिरहेको छ । तर सरकारकै स्वास्थ्यमन्त्रीजस्तो व्यक्तिको अभिव्यक्ति भने गैरजिम्मेवारपूर्ण तरिकाले आएको छ ।

अहिले स्वास्थमन्त्रीको यो अभिव्यक्तिप्रति नेपाली जनता आक्रोसित भएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अघिल्लो साता नोभल कोरोना भाइरसको संक्रमण भएका व्यक्तिहरुलाई सरकारले आइसोलेसनमा राख्न नसक्ने अभिव्यक्तिप्रति नेपाली जनता आक्रोसित हुन पुगेका छन् ।

विश्वका विभिन्न मुलुकहरुमा सरकारलेनै विशेष व्यवस्था गरेर महिनौ दिनदेखि तालिम लगायत स्वास्थ उपकरणहरुको तयारी गरेर आफ्नो नागरिकहरुलाई निःशुल्क स्वास्थ्य उपचार गरिरहेको छ । तर हाम्रो मुलुकमा भने जनताको स्वास्थ्यजस्तो संवेदनशील कुरामा समेत सरकार पन्छिन खोजिरहेको छ ।

सरकारलेनै जनताको जिउधनको सुरक्षा लिनुपर्ने विश्वव्यापी मान्यतालाई सरकारका स्वास्थ्यमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले थाहा नपाउनु राष्ट्रकै लागि बेइजती कुरा हो । किनभने विश्वका गरीब राष्ट्रहरुले पनि आफ्ना नागरिकको सुरक्षाको लागि विभिन्न उपायहरु अपनाएर नागरिकलाई सुरक्षा दिन्छन् ।

तर हाम्रो नेपालमा भने जिम्मेवार व्यक्तिहरुबाटै यस्तो गैरजिम्मेवार अभिव्यक्ति आएपछि सामाजिक सञ्जालदेखि बौद्धिक जगत समेत तिलमिलाएका छन् । आफ्नो पदीय दायित्व र मर्यादा के हो भन्ने समेत थाहा नहुने मन्त्रीहरुबाट नेपाली जनताले के अपेक्षा गर्लान ।

नोभल कोरोना भाइरसका कारण हाम्रो देशका नागरिकहरु त्रास्तिपूर्ण अवस्थाबाट गुज्रिरहेका छन् । तर सरकार भने सिंहदरबारमा बसेर जनतालाई आदेश दिईरहेका छन् ।

सम्बन्धित समाचार

पुनर्जीवनका लागि असोजमा १५ औं महाधिवेशन
पुनर्जीवनका लागि असोजमा १५ औं महाधिवेशन
  • २०७६ चैत्र ३, ०६: ३८

काठमाडौं । नेपालको राष्टिय राजनीतिमा नेपाली कांग्रेसको पहिचान एउटा राजनीतिक दलका रूपमा मात्र सीमित नभएर मुलुकको लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण...

अब के हुन्छ भन्ने प्रश्नमा घेरिएको नेपाली कांग्रेस
अब के हुन्छ भन्ने प्रश्नमा घेरिएको नेपाली कांग्रेस
  • २०७६ चैत्र ३, ०६: ३८

१. सबैतिर एउटै प्रश्न—अब नेपाली कांग्रेसको भविष्य के हुने हो ? नेपाली कांग्रेसको विशेष अधिवेशन भएको पनि करिब ८ महिना...

मुलुक, संविधान र लोकतन्त्रका लागि कांग्रेसमा एकता
मुलुक, संविधान र लोकतन्त्रका लागि कांग्रेसमा एकता
  • २०७६ चैत्र ३, ०६: ३८

काठमाडौं । मुलुककै सबैभन्दा पुरानो र लोकतन्त्रको पर्यायबाची पार्टी नेपाली कांग्रेस यतिबेला इतिहासकै गम्भीर मोडमा उभिएको छ । कांग्रेसको इतिहास...