
Illustration: Ratna Sagar Shrestha/ THT
फागुन १ अर्थात् नेपालको इतिहासमा ‘जनयुद्ध दिवस’ को रूपमा तत्कालिन माओवादी पार्टीले स्मरण गराएको दिन ।
सन् १९९६ मा आजकै दिनबाट माओवादीले अन्यायको, असमानता र निरंकुशताको विरुद्ध भनेर हतियार उठाएको थियो ।
माओवादी द्वन्द्वले देशमा परिवर्तन ल्याएको दाबि गर्दा आमुल परिवर्तन ल्याउन युद्धमा प्रत्यक्ष संलग्नभएका, युद्धले प्रभाब पारिएका, अपांगता भएका, घाइते भएकाहरुको योगदानको कदर वास्तविक रुपमा भएको छ त ?
आज जनयुद्ध सुरु भएको झन्डै तीनदशक र शान्ति सम्झौताको दुइ दशक बित्न लाग्दा मनाई रहंदा देशले निरङ्कुश राजतन्त्र हटाएर गणतन्त्र ल्याएको, संबिधान सभामार्फत जनताको संबिधान लेखिएको, स्वतन्त्रता प्राप्त गरेको, न्याय र परिवर्तन भएका कुरा त थुप्रै आउँछन् तर त्यही द्धन्द्धको परिणामहरु मध्यको जटिल तर महत्वपूर्ण परिणाम हो अपाङ्गता ।
तथ्यांकका अनुसार माओवादी द्धन्द्धका समयमा ८९३५ अपाङ्गता भएका छन् भने त्यसको लगभग आधा संख्या माओवादी लडाकुको देखिन्छ ।
यद्यपी, ठ्याक्कै यति नै लडाकु अपाङ्ग छन् अझ त्यसमा पनि कति महिला छन् कति पुरुष छन् भन्ने तथ्याङ्गनै छैन ।
यस्तो अवस्थामा तिनका सवाल, तिनका मुद्दा उठाउन हुने र सम्बोधनहुने सम्भावना न्यून छ ।
देशमा परिवर्तन आयो, शान्ति सम्झौता भयो, विस्तारै देशले सामान्य गति लिँदै गयो तर के द्धन्द्धमा अपाङ्गता भएकाहरुको जिवनले गति लिन सकेको छ त ?
हिजोका दिन–देखिनै हिजोको द्धन्द्धका मुद्दा राजनैतिक बन्दै आएका छन् तर अपाङ्गता भएकाहरुको मुद्दा केबल राजनैतिक नभएर यो सामाजिक मुद्दा हो ।
किनकी हिजोका दिनमा जुन व्यवस्थापन, जुनअन्याय र भेदभाव विरुद्ध समानता र समताकालागि विद्रोह र विवाद भएका थिए आज त्यही व्यवस्थामा अटाएर बस्न बाध्य छन् द्धन्द्धमा अपाङ्गता भएकाहरु ।
देशमा नयाँ संविधान बन्यो, समाजका हरेक क्षेत्रको, हरेक मुद्दालाई सम्बोधन गर्ने किसीमको संविधान बनेको भनिएको छ ।
सोही संविधानको आधारमा नीति, नियम,ऐन कानूनपनि नबनेका होइनन् तर कार्यान्वयन पक्ष कस्तो र कुन हालतमा छ भन्ने विषय महत्वपूर्ण छ, आजको दिनमा ।
जुन समाजको असमानता विरुद्ध आवाज उठाएर अघि बढेकाहरु आज त्यही समाजमा बसिरहंदा उनीहरुको अवस्था कस्तो छ,यो बिषय माओवादीको चलिरहेको तीनदिने सम्मेलनको एजेण्डा बन्नु पर्ने होइन र ? द्धन्द्धकालका हरेक मुद्दा राजनैतिक मुद्दा बनिरहदा अपाङ्गता भएकाहरुका सामाजिक न्यायका मुद्दा ओझेलमा परिरहेको छ ।
जनयुद्धले केबल गणतन्त्र ल्याएन, देशमा अपाङ्गताको संख्यापनि बढायो, त्यो सँगै तिनका समाजिक न्यायको, तिनको पहिचानको, तिनका स्रोतमा पहुँचको र तिनको प्रतिनिधित्वको सवालपनि सँग–सँगै ल्याएको छ ।
तर ति सवाल जनयुद्ध सकिएको र शान्ति सम्झौता भएको १८ वर्ष हुँदा कसरी उठेका छन् त ? ठूला–ठूला र आमूल परिवर्तनको गाथा पछाडी अपांगता भएकाहरुको मुद्दा अझै ओझेलमा राख्दा शान्ति प्रकृयाले पूर्णता पाउन सक्दैन ।
तसर्थ, संक्रमणकालिन शान्ति प्रकृयालाई टुंगोमा पु¥याउने विषयमाथि बहस र छलफल भईरहदा द्धन्द्धमा अपाङ्गता भएर आज आफ्नो पहिचान, पहुँच र प्रतिनिधित्वको लागि उठेका आवाजलाई समेत सम्बोधन गर्नसके मात्र शान्ति प्रकृयाले पूर्ण रुप पाउन सक्ला ।
यही अवस्था कायमै रहने हो भने हिजोका दिनका उपलब्धिहरु संस्थागत गर्न सहजहुँदैन ।
समाजको कुनै एक पक्ष अन्यायमै रहिरहदा‘जनयुद्ध दिवस’ ले पनि सार्थकता कठिन छ ।
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने ज्योतिष...
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...