काठमाडौं । अत्याधिक चिसो र शीत लहरका कारण देशका हिमाली, पहाडी र तराई क्षेत्रमा चिसोले कठ्याङ्ग्रिएर मृत्यु हुनेको संख्यामा बृद्धि हुन थालेको छ । सिराहमा एक बालक सहित तीनको मृत्यु भएको छ भने सप्तरीमा पनि चिसोकै कारण दूई जनाको मृत्यु भएको छ । यता चिसोले मृत्यु हुनेको संख्या दिन प्रति दिन बढ्दैछ भने चिसो पनि घट्ने संकेत नदेखिएको मौसमविद्हरु बताउँछन् ।
उत्तर–पश्चिम वायु चलेको र पश्चिमी वायुको प्रभावसँगै जम्मु काश्मिर हुँदै हिमाल माथिबाट हावा आएकोले नेपालमा अत्याधिक चिसो बढेको मौसमविद्हरुको भनाई छ । अझै २–३ दिन यस्तै चिसो भइराख्ने मौसम अनुमान महाशाखाको अनुमान छ ।
त्यसैगरी यस वर्ष देशका विभिन्न स्थानहरुमा तापक्रम बढ्नेक्रम जारी छ । आइतबार पूर्वी हिमाली जिल्ला ताप्लेजुङ्गमा यस वर्षकै चिसो दिन भयो । हिजो ताप्लेजुङ्गको तापक्रम १.४ डि.से थियो भने चिसोको प्रभाव काठमाडौंमा पनि उत्तिकै बढ्दो छ । दश वर्षपछि काठमाडौंको तापक्रम शून्य डिग्रीमा पुगेको छ । आइतबार काठमाडौंको न्यूनतम तापक्रम शून्य डिग्री थियो । त्यस्तै जुम्लामा आइतबार बिहान माइनस ८.७ डिग्री न्यूनतम तापक्रम मापन गरिएको थियो ।
मध्य तराईका जिल्लाहरु पर्सा, बारा, रौतहट लगायतमा पनि चिसोले जनजीवन प्रभावित भएको छ । त्यस जिल्लाहरुमा न्यूनतम तापक्रम ५ डि.से मापन गरिएको छ भने अत्याधिक चिसो र शित लहरका कारण बारा र पर्सामा थप चार दिनका लागि सामुदायिक विद्यालयहरु बन्द भएका छन् । चिसो बढेसँगै बालबालिका विद्यालयसम्म पुग्न नसकेपछि जिल्लाका शिक्षा कार्यालयहरुले पुस १६ देखि २२ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेता पनि मौसममा सुधार नआएपछि थप चार दिनका लागि विद्यालय बन्द गरिएको छ ।
उता सिराहाका मुसहरहरु भने कठ्याङग्रिदो जाडो परालको सहारा लिएर बिताइराखेका छन् । जाडोमा दाउरा, कम्मल , हिटर लगायतका आवश्यक जोहो गर्न नसक्दा पराल बालेर जाडोमा दिन बिताउन बाध्य छन् । सिराहाका मुसहर मात्र होइन हुम्ला, जुमला, ताप्लेजुङ्ग, तेह्रथुम लगायतका हिमाली क्षेत्रहरुमा पनि चिसोको प्रभाव अत्याधिक परेको छ ।
दमका रोगी, बालबालिका, वृद्धवृद्धा, सुत्केरी लगायतहरुलाई सबैभन्दा बढी मर्कामा परेका छन् । साथै, स्वास्थ्य संस्थाहरुमा रुघाखोकी चिसोका कारण पखाला, स्वासप्रश्वास सम्बन्धी रोगका बिरामीको चाप बढी भएको चिकित्सकहरु बताउँछन् । तर चिसो बढ्नु अगावै आवश्यक तयारी सम्बन्धित निकाय तथा स्थानीयहरुबाटै नहुँदा चिसोको प्रभाव अत्याधिक देखिएको हो । मुसहर र चेपाङ्ग वस्ती लगायतका वस्तीहरुमा चिसो धान्ने तयारी गर्न नसकेको स्थानीयहरु बताउँछन् । तर पदको मात्र ध्यान रहेको सरकारलाई चिसोका कारण कठ्याङग्रिएर मृत्यु हुने जनताको संख्याबारे जानकारी प्राप्त हुन सकेको छैन ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...
काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...
काठमाडौँ : कोशी प्रदेशमा कुखुरामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो मात्रामा पक्षी नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ । प्रदेशकै...