कठ्याङ्ग्रिएर जनता मर्दै, सरकार मौन – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

कठ्याङ्ग्रिएर जनता मर्दै, सरकार मौन

काठमाडौं । अत्याधिक चिसो र शीत लहरका कारण देशका हिमाली, पहाडी र तराई क्षेत्रमा चिसोले कठ्याङ्ग्रिएर मृत्यु हुनेको संख्यामा बृद्धि हुन थालेको छ । सिराहमा एक बालक सहित तीनको मृत्यु भएको छ भने सप्तरीमा पनि चिसोकै कारण दूई जनाको मृत्यु भएको छ । यता चिसोले मृत्यु हुनेको संख्या दिन प्रति दिन बढ्दैछ भने चिसो पनि घट्ने संकेत नदेखिएको मौसमविद्हरु बताउँछन् ।

उत्तर–पश्चिम वायु चलेको र पश्चिमी वायुको प्रभावसँगै जम्मु काश्मिर हुँदै हिमाल माथिबाट हावा आएकोले नेपालमा अत्याधिक चिसो बढेको मौसमविद्हरुको भनाई छ । अझै २–३ दिन यस्तै चिसो भइराख्ने मौसम अनुमान महाशाखाको अनुमान छ ।
त्यसैगरी यस वर्ष देशका विभिन्न स्थानहरुमा तापक्रम बढ्नेक्रम जारी छ । आइतबार पूर्वी हिमाली जिल्ला ताप्लेजुङ्गमा यस वर्षकै चिसो दिन भयो । हिजो ताप्लेजुङ्गको तापक्रम १.४ डि.से थियो भने चिसोको प्रभाव काठमाडौंमा पनि उत्तिकै बढ्दो छ । दश वर्षपछि काठमाडौंको तापक्रम शून्य डिग्रीमा पुगेको छ । आइतबार काठमाडौंको न्यूनतम तापक्रम शून्य डिग्री थियो । त्यस्तै जुम्लामा आइतबार बिहान माइनस ८.७ डिग्री न्यूनतम तापक्रम मापन गरिएको थियो ।
मध्य तराईका जिल्लाहरु पर्सा, बारा, रौतहट लगायतमा पनि चिसोले जनजीवन प्रभावित भएको छ । त्यस जिल्लाहरुमा न्यूनतम तापक्रम ५ डि.से मापन गरिएको छ भने अत्याधिक चिसो र शित लहरका कारण बारा र पर्सामा थप चार दिनका लागि सामुदायिक विद्यालयहरु बन्द भएका छन् । चिसो बढेसँगै बालबालिका विद्यालयसम्म पुग्न नसकेपछि जिल्लाका शिक्षा कार्यालयहरुले पुस १६ देखि २२ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेता पनि मौसममा सुधार नआएपछि थप चार दिनका लागि विद्यालय बन्द गरिएको छ ।
उता सिराहाका मुसहरहरु भने कठ्याङग्रिदो जाडो परालको सहारा लिएर बिताइराखेका छन् । जाडोमा दाउरा, कम्मल , हिटर लगायतका आवश्यक जोहो गर्न नसक्दा पराल बालेर जाडोमा दिन बिताउन बाध्य छन् । सिराहाका मुसहर मात्र होइन हुम्ला, जुमला, ताप्लेजुङ्ग, तेह्रथुम लगायतका हिमाली क्षेत्रहरुमा पनि चिसोको प्रभाव अत्याधिक परेको छ ।

दमका रोगी, बालबालिका, वृद्धवृद्धा, सुत्केरी लगायतहरुलाई सबैभन्दा बढी मर्कामा परेका छन् । साथै, स्वास्थ्य संस्थाहरुमा रुघाखोकी चिसोका कारण पखाला, स्वासप्रश्वास सम्बन्धी रोगका बिरामीको चाप बढी भएको चिकित्सकहरु बताउँछन् । तर चिसो बढ्नु अगावै आवश्यक तयारी सम्बन्धित निकाय तथा स्थानीयहरुबाटै नहुँदा चिसोको प्रभाव अत्याधिक देखिएको हो । मुसहर र चेपाङ्ग वस्ती लगायतका वस्तीहरुमा चिसो धान्ने तयारी गर्न नसकेको स्थानीयहरु बताउँछन् । तर पदको मात्र ध्यान रहेको सरकारलाई चिसोका कारण कठ्याङग्रिएर मृत्यु हुने जनताको संख्याबारे जानकारी प्राप्त हुन सकेको छैन ।

सम्बन्धित समाचार

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७४ पुष २४, ०८: १६

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०७४ पुष २४, ०८: १६

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०७४ पुष २४, ०८: १६

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...