मिस वर्ल्डको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभालाई – Naya Bikalpa
February 9, 2025, Sunday

मिस वर्ल्डको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभालाई

मुम्बई। चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाले ७१ औं मिस वर्ल्डको उपाधि जितेकी छन् । शनिबार राती मुम्बईको जियो कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् ।

२४ वर्षिया पाइस्कोभा पेशाले अन्तर्राष्ट्रिय मोडल, स्वयंसेवक र विद्यार्थी हुन् ।

मिस वर्ल्ड २०२२ क्यारोलिना विलाव्स्काले उनलाई ताज लगाइदिइन् । एसियाली मुलुक लेबनानकी यास्मिना जायतौन फस्ट–रनरअप घोषित भइन् ।

मिस वर्ल्ड अमेरिकाको उपाधि ट्रिनिडाड एण्ड टोबागोकी अचे अब्राहम्स र मिस वर्ल्ड अफ्रिकाको उपाधि लेसेगो चोम्बोले जिते । नेपालले यो संस्करणको प्रतिस्पर्धामा अन्तिम ४० सम्म मात्रै यात्रा तय गर्न सक्यो । तर, ‘ब्युटी विथ अ पर्पस’ विधामा नेपाल एसियाली विजेता बन्यो ।

 

सम्बन्धित समाचार

‘हात्ती र बाँदर आतंक नियन्त्रण गरौं’
‘हात्ती र बाँदर आतंक नियन्त्रण गरौं’
  • २०८० फाल्गुन २७, १०: ३१

काठमाडौं : सांसदहरूले पूर्वी नेपालमा जंगली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतंक नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्...

ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
  • २०८० फाल्गुन २७, १०: ३१

काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...

बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
  • २०८० फाल्गुन २७, १०: ३१

काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...