प्रसिद्ध भारतीय राजनीतिज्ञ प्रणवको पुस्तक नेपालमा लोकार्पण – Naya Bikalpa
April 23, 2026, Thursday      Epaper
पुस्तक समीक्षा –

प्रसिद्ध भारतीय राजनीतिज्ञ प्रणवको पुस्तक नेपालमा लोकार्पण

काठमाडौं । बीपी कोइराला इण्डिया–नेपाल फाउण्डेसनले भारतका प्रसिद्ध राजनीतिज्ञ एवम् पूर्वराष्ट्रपति डा.प्रणव मुखर्जीको राजनीतिक इतिहासमा आधारित पुस्तक हालै सार्वजनिक भएको छ।

राजधानीमा आयोजित विशेष कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादव, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई, उपप्रधानमन्त्री उपेन्द्र यादव, पूर्वमन्त्रीहरु छविलाल विश्वकर्मा, हिसिला यमी, प्रेमबहादुर आले, भारतका लागि नेपालका पूर्वराजदूत प्राडा लोकराज वराल लगायत वैद्धिक व्यक्तित्वहरुको उपस्थिति थियो ।

भारतीय पूर्वराष्ट्रपति डा.मुखर्जीकी सुपुत्री एवम् भारतीय नृत्यकलामा प्रसिद्ध पुस्तकका लेखक शर्मिष्ठा मुखर्जी, फाउण्डेसनका प्रमुख राहुल वरुवा लगायतको उपस्थिति थियो।

शर्मिष्ठा मुखर्जीको ‘प्रणव–माई फादर’ अ डटर रिमेम्बर्स’ किताब पढ्नु भन्दा अघि मलाई लागेको थियो कि शर्मिष्ठाले आफ्ना बुवा प्रणव मुर्खर्जीको बारेमा लेख्दा उनले निष्पक्ष भएर लेख्न सकेकी छिन् त ?

तर किताब पढ्दै जाँदा कतै पनि लागेन कि उनी ‘बायस’ (bias) हुन पुगेकी छिन् । किताबको शुरुवातमै उनले पनि भनेकी छिन् कि भावनात्मक सम्बन्ध रहेका कारण आफू निष्पक्ष रहन सक्छु कि सक्दिन भन्ने कुरा उनको लागि एउटा चुनौति थियो ।

प्रणवको जीवनमा अनेक राजनैतिक घटनाहरुका बारेमा उनले लेखेका डायरीलाई आधार मानेर लेखिएको यो पुस्तकले भारतीय राजनीति र भारतीय काँग्रेसको भित्री कथा बुझ्न मद्दत गर्छ भने प्रणव कस्ता खालका राजनेता थिए र उनले आफ्नो स्वभाव, सुझ–बुझ, समझदारीले भारतको राजनीतिमा कति योगदान गरेका थिए भन्ने पनि प्रष्ट पारिएको छ।

एउटा साधारण घरको युवा जो आफु ३४ वर्षको हुँदासम्म पनि पश्चिम बङ्गालभन्दा बाहिर गएका थिएन, तिनै नेता पछि गएर भारतका राष्ट्रपति भए । बङ्गालदेखि दिल्लीको राष्ट्रपति भवनसम्मकोे प्रणवको राजनैतिक, पारिवारिक र व्यक्तिगत यात्राको चित्रण गरिएको यो किताबबाट मैंले लिएको एक महत्वपुर्ण सन्देश भनेको प्रणबको डायरी लेख्ने बानीको प्रभाब।

 

उनको डायरी खाली अक्षर कोरिएका पाना मात्र नभएर भारतीय राजनैतिक इतिहासको साक्षी पनि बन्न पुग्यो भने उनको छोरीको लागि ती डायरी नयाँ पहिचान दिन पनि सफल भयो । शर्मिष्ठाको लागि उनको बुवाको डायरी ‘लिगेसी’ बन्न सफल भएको छ।

अर्को रमाइलो र महत्वपूर्ण विषय भनेको प्रणवको जिवनमा महिलाको प्रभाब । एउटा पुरुष त्यसमाथि पनि नेता, आफ्नो सफलताको श्रेय महिलालाई दिने प्राय कम नै हुन्छन् तर पनि प्रणवले आफ्नी आमा, श्रीमती र इन्दिरा गान्धीलाई आफ्नो जिवनका प्रभावशाली महिलाहरु मान्न हिच्किचाएका छैनन्।

अहिले उनकी छोरीले उनको बारेमा किताब लेखेकी छिन्, राजनीतिमा सकृय भएसँगै उनी एउटा ‘पब्लिक फिगर’ बनिसकेका थिए तर पनि परिवार प्रति उनको जिम्मेवारी र आफ्नो छोरीलाई दिनुपर्ने शिक्षाबाट उनी कहिले पछि परेनन्।

उच्च ओहदामा पुगिराख्दा उनले र उनका परिवारले भोग गरिराखेका सेवा सुविधा स्थायी होइन त्यसैले आफ्नो ‘रुट्स’ पहिचान, कहिले बिर्सिनु हुन्न भन्ने कुरा उनले आफ्नो परिवारलाई राम्ररी बुझाएका थिए त्यसैले त उनकी श्रीमती गीता सरकारी क्वाटरमा भन्दा तालकटोरा रोड स्थिति आफ्नै घरमा नै रमाउथिन् र सरकारी निवासमा बस्न मन पराउदिन थिईन् ।

किताबमा केबल उनका बारेका सकारात्मक कुरा मात्र नभएर प्रणवको छिटो रिसाउने बानीले कहिले–काहीँ पु¥याएका नोक्सानी देखि लिएर बोहलपुरको चुनावसम्म जतिबेला प्रणवकी श्रीमतीले पनि त्यस ठाउँबाट चुनाव नलड्न सल्लाह दिएकी थिइन् भने इन्दिरा गान्धीले पनि नलड्न भनेकी थिइन् तर उनले जिद्दी छोडेनन् र नराम्ररी चुनाव हारे।

त्यसैगरी, काँग्रेस पार्टीकै भएतापनि काँग्रेस भित्रको पछिल्लो समयको अराजकताको बारेमा प्रणवले आफ्नो डायरीमा लेखेका कुराले पनि भारतीय काँग्रेस भित्र केही असन्तुष्टि बढेको केही समाचार पनि आएका छन्, शर्मिष्ठाको किताब प्रकाशनमा आएपछि।

यद्दपी कुनै आधिकारिक भनाई भने नआएको शर्मिष्ठा स्वयंले भारतीय अन्तरवार्तामा उल्लेख गरेकी छिन् । शर्मिष्ठाको किताब मार्फत् प्रणवको पाँच दशक लामो राजनैतिक यात्रा, उतार–चढाव, महत्वपूर्ण घटनाक्रम, भारतीय राजनीति, भारतीय काँग्रेस भित्रको राजनीति लगायतका विषयमा निकै धेरै जानकारी पाउन सकिन्छ । त्यसको साथै, एउटा बाबु–छोरी बीचको सम्बन्ध, कसरी एउटा छोरीको लागि आफ्ना पिता एउटा आदर्श पुरुष हुन पुग्छन् भन्ने पनि बुझ्न गाह्रो हुन्न ।

भनिन्छ छोराहरु आमासँग नजिक हुन्छन् भने छोरीहरु बुवासँग । शार्मिष्ठाले आफ्ना बुवाको डायरीलाई आधार मानेर किताब पढिरहदा एउटा छुट्टै खालको भावनात्मक सम्बन्ध जोडिदो रहेछ।

एउटा छोरीको लागि उनका बुवाले गरेका योगदान, जीवनका उतार–चढाब, त्यसलाई सामना गर्ने हिम्मत, ति सबै कुरा जिवनको लागि पाठ बन्न सक्ने रहेछ भन्ने पनि बुझ्न सकिन्छ त्यसैले पनि होला आफ्नो किताब प्रकाशन भएपछि विशेष गरि काँग्रेसबाट उठ्न सक्ने सवालको लागि शार्मिष्ठा तयार थिइन्।

त्यस्तै, आफूले लेखेका डायरीका कति पय कुराहरु आफूसँगै समाप्त हुन सक्छ भनेका थिए प्रणवले तर आफ्ना ति महत्वपूर्ण दस्तावेजको कस्टडी आफ्नो छोरीलाई दिएका थिए किनकी उनलाई विश्वास थियो आफ्नी छोरी माथि।

उनले विश्वास गरेमा थिए कि शर्मिष्ठाले उनको भावना, उनको सच्चाईं र इमान्दारिता माथि आँच आउन दिने छैनन् । साच्चीकै, पुस्तक पढिसक्दा यो कुरा प्रष्ट पनि हुन्छ । किताबको सफलताको लागि शर्मिष्ठालाई शुभकामना !

सम्बन्धित समाचार

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
  • २०८० चैत्र १०, १९: १०

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई ले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन् । ‘संविधान संशोधन...

चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
  • २०८० चैत्र १०, १९: १०

काठमाडौं : गत चैतमा विपद्का घटनामा परी  देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी...

पुनः सुचारुको पर्खाइमा ऐतिहासिक जनकपुर चुरोट कारखाना
पुनः सुचारुको पर्खाइमा ऐतिहासिक जनकपुर चुरोट कारखाना
  • २०८० चैत्र १०, १९: १०

जनकपुरधाम। करिब ६२ वर्षअघि सञ्चालनमा आएको देशकै एकमात्र चुरोट उद्योग जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सञ्चालनको पर्खाइमा रहेको छ। राजनीतिक...