प्रकाशकीय – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

प्रकाशकीय

आजबाट हामी २७औं बर्षमा

अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार, स्वतन्त्र न्यायपालिका तथा लोकतान्त्रिक मुल्यमान्यताका साथ आवाज विहिनहरुको आवाजलाई बुलन्द पार्दै हामी आजबाट २७औं वर्षमा प्रवेश गरेका छौं ।

प्रेस स्वतन्त्रतताको पक्षपाती यस नयाँ विकल्प साप्ताहिक विभिन्न आरोह अवरोेह पार गर्दै २६आंै वर्ष पुरा गरी २७औं वर्षमा प्रवेश गरेको जानकारी गराउन पाउँदा हामीलाई गौरान्वामित महसुश भएको छ । एकतन्त्रीय राजनीतिक संघर्षपछि प्राप्त गरेको संघीय लोकतन्त्रलाई संस्थागत विकास गर्न हाम्रो कलम सँधै अगाडि बढीरहने छ ।

हामी सदैब प्रेस स्वतन्त्रता र लोकतन्त्रको संस्थागत विकासका लागि संघर्षरत छौँ । त्यसमा पनि स्वरोजगारमुलक तथा साना लगानीका संचार माध्यमहरुको उत्थानका लागि सधै आवाज उठाउंदै आएका छौँ ।

लामो राजनीतिक संघर्षमा स्वरोजगारमुलक सञ्चारमाध्यमको भुमिकालाई पटक पटक बनेको लोकतान्त्रिक सरकारले नजरअन्दाज गर्ने गरेकोले साना लगानीको नेपाली प्रेसले सँधै आफुलाई प्रमाडित महसुश गरिरहेका छन् । राजनीतिक दलहरुले नेपाली सञ्चारमाध्यमलाई आफु अनुकुल प्रयोग गर्न खोज्दा नेपाली मिडिया सँधै शासकहरुको तारो बन्दै आइरहेको छ ।

आम निर्वाचनपछि बनेको दुईतिहाई नजिकको सरकारले पनि नेपाली प्रेस त्यसमा पनि स्वरोजगारमुलक सञ्चारमाध्यमलाई उनीहरुले विगतमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि गरेको योगदानलाई स्मरण गर्दै यसको विकास र सम्वद्र्धनमा योगदान दिएको पाइदैन ।

विभिन्न वहानामा आक्रमण गर्दै आएको छ । त्यसकारण लोकतन्त्रको सम्वाहकको रुपमा रहेका साना तथा स्वरोजगारमूलक सञ्चारमाध्यमले राष्ट्रिय संकटको समयमा खेलेको भुमिकालाई नेपालका राजनीतिक दल तथा सरकारले विना पूर्वाग्राही ढंगबाट सम्मान गर्न सके मात्र मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास अगाडि बढाउन सकिन्छ । तर सरकारले बोल्ने एउटा गर्ने अर्कै भएका कारण पनि सँधै स्वरोजगारमुलक सञ्चारमाध्यमको संस्थागत विकासमा बाधा पुग्दै आइरहेको छ ।

वर्तमान संकटको अवस्थामा नेपाली सञ्चारमाध्यमले जसरी भुमिका निर्वाह गरिरहेका छन्, त्यसरी नै सरकारले पनि नेपाली सञ्चारमाध्यमलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न आवश्यक छ । अहिले यस विश्व महामारी, कोरोना भाइरसको समयमा पनि नेपाली संचारमाध्यमहरुको भूमिका सह्रानीय रहेको छ ।

आफ्नो स्वास्थको पर्वाह नगरी जनताको सुसुचित हुने अधिकारको सम्मानमा नेपाली पत्रकार दिन रात नभनी काम गरिराखेका छन् । तर पनि कामको कदर हुन सकेको छैन । तसर्थ, सधै अरुको अधिकारको बारेमा बोल्ने संचारमाध्यम र संचारकर्मीको पनि अधिकारको प्रत्याभूति होस् भन्दै, लोकतन्त्रप्रति हाम्रो प्रतिबद्ता मजबुद भएको दोहो¥याउन चाहन्छौं ।

साथै, विगतमाझैं आगामी दिनहरुमा पनि हाम्रा पाठक वर्ग, विज्ञापनदाता र शुभचिन्तकहरुको सहयोग, सद्भाव र समर्थन प्राप्त भइरहने विश्वास लिएका छौं । धन्यवाद !

दामोदर प्रसाद दवाडी
अध्यक्ष
नेपालवाणी मिडिया ग्रुप. प्रा.लि.

सम्बन्धित समाचार

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७७ असार ८, १२: ०७

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७७ असार ८, १२: ०७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७७ असार ८, १२: ०७

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...