
अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार, स्वतन्त्र न्यायपालिका तथा लोकतान्त्रिक मुल्यमान्यताका साथ आवाज विहिनहरुको आवाजलाई बुलन्द पार्दै हामी आजबाट २७औं वर्षमा प्रवेश गरेका छौं ।
प्रेस स्वतन्त्रतताको पक्षपाती यस नयाँ विकल्प साप्ताहिक विभिन्न आरोह अवरोेह पार गर्दै २६आंै वर्ष पुरा गरी २७औं वर्षमा प्रवेश गरेको जानकारी गराउन पाउँदा हामीलाई गौरान्वामित महसुश भएको छ । एकतन्त्रीय राजनीतिक संघर्षपछि प्राप्त गरेको संघीय लोकतन्त्रलाई संस्थागत विकास गर्न हाम्रो कलम सँधै अगाडि बढीरहने छ ।
हामी सदैब प्रेस स्वतन्त्रता र लोकतन्त्रको संस्थागत विकासका लागि संघर्षरत छौँ । त्यसमा पनि स्वरोजगारमुलक तथा साना लगानीका संचार माध्यमहरुको उत्थानका लागि सधै आवाज उठाउंदै आएका छौँ ।
लामो राजनीतिक संघर्षमा स्वरोजगारमुलक सञ्चारमाध्यमको भुमिकालाई पटक पटक बनेको लोकतान्त्रिक सरकारले नजरअन्दाज गर्ने गरेकोले साना लगानीको नेपाली प्रेसले सँधै आफुलाई प्रमाडित महसुश गरिरहेका छन् । राजनीतिक दलहरुले नेपाली सञ्चारमाध्यमलाई आफु अनुकुल प्रयोग गर्न खोज्दा नेपाली मिडिया सँधै शासकहरुको तारो बन्दै आइरहेको छ ।
आम निर्वाचनपछि बनेको दुईतिहाई नजिकको सरकारले पनि नेपाली प्रेस त्यसमा पनि स्वरोजगारमुलक सञ्चारमाध्यमलाई उनीहरुले विगतमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि गरेको योगदानलाई स्मरण गर्दै यसको विकास र सम्वद्र्धनमा योगदान दिएको पाइदैन ।
विभिन्न वहानामा आक्रमण गर्दै आएको छ । त्यसकारण लोकतन्त्रको सम्वाहकको रुपमा रहेका साना तथा स्वरोजगारमूलक सञ्चारमाध्यमले राष्ट्रिय संकटको समयमा खेलेको भुमिकालाई नेपालका राजनीतिक दल तथा सरकारले विना पूर्वाग्राही ढंगबाट सम्मान गर्न सके मात्र मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास अगाडि बढाउन सकिन्छ । तर सरकारले बोल्ने एउटा गर्ने अर्कै भएका कारण पनि सँधै स्वरोजगारमुलक सञ्चारमाध्यमको संस्थागत विकासमा बाधा पुग्दै आइरहेको छ ।
वर्तमान संकटको अवस्थामा नेपाली सञ्चारमाध्यमले जसरी भुमिका निर्वाह गरिरहेका छन्, त्यसरी नै सरकारले पनि नेपाली सञ्चारमाध्यमलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न आवश्यक छ । अहिले यस विश्व महामारी, कोरोना भाइरसको समयमा पनि नेपाली संचारमाध्यमहरुको भूमिका सह्रानीय रहेको छ ।
आफ्नो स्वास्थको पर्वाह नगरी जनताको सुसुचित हुने अधिकारको सम्मानमा नेपाली पत्रकार दिन रात नभनी काम गरिराखेका छन् । तर पनि कामको कदर हुन सकेको छैन । तसर्थ, सधै अरुको अधिकारको बारेमा बोल्ने संचारमाध्यम र संचारकर्मीको पनि अधिकारको प्रत्याभूति होस् भन्दै, लोकतन्त्रप्रति हाम्रो प्रतिबद्ता मजबुद भएको दोहो¥याउन चाहन्छौं ।
साथै, विगतमाझैं आगामी दिनहरुमा पनि हाम्रा पाठक वर्ग, विज्ञापनदाता र शुभचिन्तकहरुको सहयोग, सद्भाव र समर्थन प्राप्त भइरहने विश्वास लिएका छौं । धन्यवाद !

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...
काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो...