
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पदबाट राजीनामा दिएका छन्।
गत फागुन २३ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि पाण्डेले विश्वासको मत लिने संवैधानिक बाटो छोडेर पदबाट राजिनामा दिएका हुन्।
प्रदेश सरकारलाई समर्थन गरिरहेको माओबादी केन्द्रले समर्थन फिर्ता लिएपछि संविधान अनुसार एक महिनाभित्र अर्थात भोली चैत २२ गतेसम्म उनले विश्वासको मत लिनु पर्ने थियो । तर, पाण्डेले विश्वास प्राप्त गर्ने सन्दर्भमा ढुक्क नभएपछि पदबाट राजीनामा दिएका हुन्।
६० सदस्यीय गण्डकी प्रदेशमा नेपाली कंग्रेस सबैभन्दा ठूलो दल छ। कांग्रेससँग २७ प्रदेश सभा सदस्य छन् । बहुमतका लागि राप्रपाका दुई जना र नेकपा एकीकृत समाजबादीबाट राजिनामा दिएर स्वतन्त्र हैसियतमा रहेका दिपक मनाङ्गे उर्फ दिपक गुरुङको समर्थन अनिवार्य छ ।
मुख्यमन्त्री पाण्डेको बिरुद्ध राप्रपाका दुई र स्वतन्त्रसांसद लाग्ने स्थिति नभए पछि मुख्यमन्त्री पाण्डेले अन्य दलको समिकरणबाट प्रदेश सरकार बन्ने अवस्था नदेखे पनि सबैभन्दा ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री बन्नको लागि पदबाट राजिनामा दिएको स्रोतले बतायो।
गण्डकी प्रदेश सभामा वर्तमान सत्ता समिकरणमा रहेका दलमध्ये नेकपा एमालेका २२ माओवादीका ७ सांसद छन्। बहुमतको लागि यो प्रदेशमा सत्ता गठबन्धनले राप्रपाका दुई सांसदको समर्थन लिनु पर्छ।
माओबादी केन्द्रबाट निर्वाचि कृष्णप्रसाद धिताल सभामुख भएकाले उनले सरकार निर्माणको पक्षमा वा विपक्षमा मतदान गर्न पाउँदैनन्। त्यसैले आफू पुन मुख्यमन्त्री बन्ने योजनाका साथ पाण्डेले राजिनामा दिएको कांग्रेसका नेताहरु बताउँछन्।
सत्ता साझेदार दल नेकपा एमालेले गण्डकी प्रदेशको मुख्यमन्त्री आफ्नो भागमा परेको भन्दै नेतृत्वको चाहना लिएको छ ।
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...