अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार साँझ आक्रामक भाषामा उत्तरी कोरियाई नेता किम जोङ उनको उत्तेजित भनाईमाथि प्रतिकृया दिँदै टुईट गरेका छ्न्। आफू सँग भएको ‘आणविक बटन’ उत्तरी कोरियाली नेताको तुलनामा धेरै ठूलो र अत्याधिक शक्तिशाली भएको र आफ्नो आणविक बटनले त्यो भन्दा धेरै काम गर्ने आफ्नो टुईटमा उल्लेख गरेका छन् ।
उत्तरी कोरियाली नेता किमले नयाँ वर्षको अवसरमा गरेको एक उत्तेजित भाषणको जवाफमा ट्रम्पले उक्त टुईट गरेका हुन्। उत्तरी कोरियाली नेता किमले आफ्नो भाषणमा ‘आणविक बम लन्च गर्ने बटन सधै आफ्नो डेस्कमा रहेको र अमेरिकाले कहिले पनि युद्व शुरू गर्न सक्ने छैन’ भनी चेतावनी दिएका थिए । किम जोङ उनले उक्त उत्तेजित भाषणमा ‘अमेरिका उत्तर कोरियाको आणविक हतियारको घेरामा भएको र त्यो धम्की नभएर वास्तविकता भएको भनेका थिए ।’ उत्तर कोरियामाथि धेरै मिसाइलको परीक्षण र आणविक हातियारको प्रयोगका कारणले धेरै किसिमका प्रतिबन्धहरु लगाईएका छन् ।
एजेन्सी : अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ ।...
काठमाडौँ । अफ्रिकी देश कंगोमा Ebola virus disease को प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ । देशको पूर्वी क्षेत्रमा देखिएको...
काठमाडौँ । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ ।गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय...