प्रतियोगितामा ५० टोलिलाई पछि पार्दै लुँनिभा धिमे खल प्रथम – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

प्रतियोगितामा ५० टोलिलाई पछि पार्दै लुँनिभा धिमे खल प्रथम

भक्तपुर । मध्यपुर थिमिको बोडेमा सम्पन्न उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितामा सूर्यविनायक नगरपालिका वडा नं १ को लुँनिभा धिमे खलः प्रथम भएको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजनामा सोमवार सम्पन्न प्रतियोगितामा लुँनिभा धिमे खलः प्रथम भएको हो ।

लाकुछें धिमे गुठी र खपला धिमे गुठीको सहकार्यमा नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा लुँनिभाले प्रथम हुँदैं शिल्ड, प्रमाणपत्र र नगद २५ हजार रुपैयाँ नगद पुरस्कार पनि जित्न सफल भएको छ ।

गत शनिवार भक्तपुरको दरवार स्क्वायरमा सम्पन्न प्रथम बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगितामा पनि लुँनिभा प्रथम भएको थियो । चाँगुनारायण नगरपालिका वडा नं ९, ताथलीको ताथली धिमे खलः दोस्रो भयो ।

ताथलीले शिल्ड, प्रमाणपत्र र नगद २० हजार पुरस्कार प्राप्त गरेको छ । ताथली पनि बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगितामा दोश्रो नै भएको थियो ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८० चैत्र २७, १०: ०४

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०८० चैत्र २७, १०: ०४

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०८० चैत्र २७, १०: ०४

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...