बझाङ प्रदेशसभा सदस्यमा एमालेका भण्डारी २६६ मतान्तरले विजयी – Naya Bikalpa
May 15, 2024, Wednesday

बझाङ प्रदेशसभा सदस्यमा एमालेका भण्डारी २६६ मतान्तरले विजयी

 

बझाङ। सुदूरपश्चिम प्रदेश सभा सदस्यको लागि बझाङ क्षेत्र नम्वर १ (१) मा भएको उपनिर्वाचनमा सत्तारुढ घटक नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी विजयी भएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई पराजित गर्दै दमनले सुदूरपश्चिम प्रदेशसभा सदस्यमा विजयी बनेका हुन्। योसँगै एमालेले सुदूरपश्चिम प्रदेशमा एक जना सदस्य बढाएको छ।
यसअघि सो क्षेत्रमा विजयी भएका कांग्रेसका पृथ्बीबहादुर सिंहको दुर्घटनामा मृत्यु भएपछि एक सीट रिक्त थियो।

सोमबार दिउँसो प्रकाशित भएको मतपरिणाम अनुसार विजयी भएका भण्डारीले ११ हजार ६१२ मत प्राप्त गर्दा काङ्ग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका छन्।

माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८३१ र एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार ५१४ मत ल्याएका छन्।

शनिवार भएको उपचुनावमा ३० हजारभन्दा धेरै मतदान भएको थियो। २०७९ मा भएको चुनावमा यस क्षेत्रमा कांग्रेसका पृथ्वी बहादुर सिंहले १७ हजार १ सय १२ मत ल्याएर निर्वाचित भएका थिए । एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ३६ मत ल्याएका थिए ।

 

सम्बन्धित समाचार

अदालतले सफाई दिएसँगै क्यानले गर्यो सन्दीपलाई फुकुवा
अदालतले सफाई दिएसँगै क्यानले गर्यो सन्दीपलाई फुकुवा
  • २०८१ बैशाख १७, १४: २४

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ। उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ...

पेट्रोलको मुल्य लिटरमै ७ रुपैयाँले घट्यो
पेट्रोलको मुल्य लिटरमै ७ रुपैयाँले घट्यो
  • २०८१ बैशाख १७, १४: २४

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले...

क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट पाए बलात्कार मुद्धामा सफाई
क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट पाए बलात्कार मुद्धामा सफाई
  • २०८१ बैशाख १७, १४: २४

काठमाडौं। नेपालका प्रसिद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएको छन्। जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...