लायन्स क्लव अफ नेपाल जर्नालिस्टको अध्यक्षमा लायन चौधरी निर्वाचित – Naya Bikalpa
June 22, 2025, Sunday      Epaper
दवाडी जोन चेयरपर्सनमा

लायन्स क्लव अफ नेपाल जर्नालिस्टको अध्यक्षमा लायन चौधरी निर्वाचित

दामन (मकवानपुर)। लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तरगतको लायन्स क्लव अफ नेपाल जर्नालिस्टको अध्यक्षमा वर्तमान प्रथम उपाध्यक्ष लायन प्रविन कुमार चौधारी निर्वाचित भएका छन्।

जिल्लाको पर्यटकियस्थल दामनमा जेठ ५ गते शनिबार भएको क्लवको अधिवेशनले क्लवको आगामी लायन वर्ष २०२४–०२५ का लागि प्रथम उपाध्यक्षमा वर्तमान द्वितीय उपाध्यक्ष लायन रिता ढकाल दवाडीलाई निर्वाचित गरेको छ।

क्लवका पूर्वअध्यक्ष तथा जोन अध्यक्ष लायन नेत्र प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा पूर्वअध्यक्ष तथा क्लस्टर अध्यक्ष लायन योगेन्द्र प्रताप शाहीको उपस्थिति थियो।

क्लवको द्वितीय उपाध्यक्षमा वर्तमान क्वलका सचिव लायन लिलाराज खनाल र तृतीय उपाध्यक्षमा लायन सन्तोष गौतमलाई निर्वाचित गरेको छ।

क्लवका कोषाध्यक्ष लायन गौरवबाबु पोखरेल सचिवमा निर्वाचित भएका छन् भने क्लबका सदस्यहरु लायन सन्तोषकुमार नेपाल र लायन कसिश्मा श्रेष्ठ क्रमश कोषाध्यक्ष र सह–कोषाध्यक्षमा निर्वाचित भएका छन्।

अधिवेशनले क्लबकी वरिष्ठ सदस्य राधा वुढाथोकीलाई क्लव डाइरेक्टरमा मनोनीत गर्ने निर्णय गरेको छ।

अधिवेशनले क्लवको निष्कृया वैंक खाता संचालनमा ल्याउने निर्णय गर्नुका साथै क्लबका पूर्वअध्यक्ष र नयाँ सदस्यहरुलाई मायाको चिनो प्रदान गरेको थियो।

क्वबका अध्यक्ष लायन दामोदर प्रसाद दवाडीको अध्यक्षतामा भएको अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुलाई अतिथिहरु लायन न्यौपाने र लायन शाहीले आगामी दिनमा निर्वाचित पदाधिकारीले समाजसेवाको क्षेत्रमा अझ सक्रिय भएर काम गर्ने विश्वास व्यक्त गरे।

क्लवका अध्यक्ष दवाडी लायन वर्ष २०२४–०२५ को लागि लायन्स क्लबको जोन चेयर पर्सनमा निर्वाचित भइसकेका छन्।

 

 

 

सम्बन्धित समाचार

एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गापुर पराजित
एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गापुर पराजित
  • २०८१ जेष्ठ १०, १५: ०३

काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...

‘भिजिट भिसा’ प्रकरणपर पाँच दिनमे बनत छानबिन संयन्त्र : मुख्य सचेतक बर्तौला
‘भिजिट भिसा’ प्रकरणपर पाँच दिनमे बनत छानबिन संयन्त्र : मुख्य सचेतक बर्तौला
  • २०८१ जेष्ठ १०, १५: ०३

काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
  • २०८१ जेष्ठ १०, १५: ०३

काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...