काठमाडौं। हिन्दुहरुका आराध्यदेव पशुपतिनाथ मन्दिरका चार वटै ढोका आगामी असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन्।
पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको संख्या बढ्दै गएको अवस्थामा सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए।
‘आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका बिहान ४ बजे खोलिने छ’, उनले भने । यसअघि महाशिवरात्री, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो।
अछाम। नेकपा (एमाले) का नेता तथा पूर्वउपाध्यक्ष भीम रावलले आफूमाथि कारबाही गरेर देखाउन पार्टी नेतृत्वलाई चुनौति दिएका छन्। अछाममा मंगलबार...
काठमाडौं। सत्तारुढ दलका सांसदहरुले उपसभामुख सुश्री इन्दिरा राना मगरविरुद्ध महाभियोग प्रस्ताव दर्ताको तयारी गरेका छन्। महाभियोग प्रस्ताव दर्ता गराएलगत्तै...
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले इन्द्रजात्रा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको भन्दै इन्द्रजात्राको अक्षय कोष बृद्धि गरेर...