काठमाडौं। भारतमा सम्पन्न भएको लोकसभा चुनावमा चर्चित बलिउड अभिनेत्री हेमा मालिनी उत्तर प्रदेशको मथुरा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टीको तर्फबाट विजयी भएकी छन्।
भारतीय कांग्रेसका मुकेश धनगरलाई भारी मतान्तरले पराजित गर्दै हेमा विजयी भएकी हुन्। भाजपाले ७५वर्ष उमेर पार गरेकालाई टिकट नदिने मापदण्ड बनाएको थियो।
तर, हेमा मालिनीलाई भाजपा नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीको दबाबमा टिकट दिइएको थियो। जितको ह्याट्रिक गर्दै उनले आफू साँच्चै आफ्ना फ्यानहरूको ‘ड्रिम गर्ल’ भन्ने प्रमाणित गरेकी छन्।
निर्वाचन आयोगका अनुसार हेमा मालिनीले पाँच लाख १० हजार ६४ मत प्राप्त गरेकी छन् भने प्रतिष्पर्धी कांग्रेसका मुकेश धनगरले २ लाख १६ हजार ६५७ मत पाएका छन्। यसरी हेमा मालिनी २ लाख ९३ हजार ४०७ मतान्तरले विजयी भएकी छन्।
२०१४ देखि लगातार यही सिट जितेर उनी सांसद बनिन्। यसअघि सन् २०१९ मा उनले २,९३,४७१ मतले जितेका थिइन् भने २०१४ मा हेमा मालिनीले आरएलडी प्रमुख जयन्त चौधरीलाई ३ लाख ३० हजार मतले पराजित गरेकी थिइन्।
सन् १९६३ मा तमिल फिल्म इदु सथियमबाट डेब्यू गरेकी हेमाको पहिलो हिन्दी सिनेमा ‘सपनोका सौदागर’ थियो, जसमा राज कपूरले मुख्य भूमिका निभाएका थिए।
हेमा मालिनीले धेरै हिट हिन्दी फिल्महरूमा नायिकाको भूमिका निर्वाह गरिन् । धर्मेन्द्रसँग उनको जोडी बक्स अफिसमा हिट भयो र अफ स्क्रिनको बारेमा पनि धेरै चर्चा भएसँगै सन् १९८० मा उनले धर्मेन्द्रसँग विवाह गरिन्।
अहिले चलचित्र जगतबाट टाढा भएकी हेमाको २०२० मा अन्तिम फिल्म ‘शिमला मिर्ची’ आएको थियो।
काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...
राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...
काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...