हुस्सुका कारण १० दिनदेखि लुक्ला विमानस्थलबाट उठान ठप्पः पर्यटक अलपत्र – Naya Bikalpa
July 24, 2024, Wednesday

हुस्सुका कारण १० दिनदेखि लुक्ला विमानस्थलबाट उठान ठप्पः पर्यटक अलपत्र

 

सोलुखुम्बु। मौसम प्रतिकूलताका कारण यहाँस्थित तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा हवाइ उडान ठप्प भएको छ। जसले गर्दा यहाँ आएका पर्यटक अलपत्र परेका छन्। कुनै पनि जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका हुन्।

अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले जानकारी दिए।

लुक्ला विमानस्थलमा मौसमका कारण हेलिकप्टरसमेत अवतरण हुन नसक्दा लुक्लाभन्दा तल रहेको सुर्के हेलिप्याडबाट हेलिकप्टरले उडान गरिरहेको छ। सुर्के केही होचो स्थान भएकाले त्यहाँबाट हेलिकप्टरले पर्यटक काठमाडौँ लैजाने गरेको छर

भौगोलिक बनावटका कारण लुक्लामा बढी हुस्सु लाग्ने भएकाले उडानमा समस्या हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ।

यतिखेर खुम्बुमा पर्यटक यामको सकिन लागेकाले लुक्ला भित्रिनेको तुलनामा बाहिरिने बढी छन्। यद्यपि मौसमका कारण सबै उडान तालिका रद्द गर्नुपरेको उनी बताउँछन्।

लुक्लाभन्दा तल करिब चार घण्टाको पैदल दूरीमा पर्ने थामडाँडासम्म गाडी पुग्छ। केही पर्यटक तीनदेखि चार घण्टाको पैदल हिँडेर थामडाँडा झरेर त्यहाँबाट गाडीमार्फत सदरमुकाम सल्लेरी हुँदै काठमाडौँ फर्किने गरेका छन्। थामडाँडाबाट सल्लेरीको दूरी करिब ७० किलोमिटर छ। उक्त सडक कच्ची भएकाले बोलेरो गाडीमात्रै सञ्चालन हुने गरेको छ।

थामडाँडाबाट सल्लेरीको गाडी भाडा प्रतिव्यक्ति दुई हजार २०० रुपैयाँ लिने गरेको यातायात व्यवसायी रामबहादुर विश्वकर्माले बताए। थामडाँडाबाट आएको दिन सल्लेरी बास बस्ने पर्यटक भोलिपल्ट विमान, जिप तथा बसमार्फत काठमाडौं फर्किने गरेका छन्। सल्लेरीबाट २७५ किलोमिटरको दूरीमा पर्ने काठमाडौँको जिपभाडा प्रतिव्यक्ति दुई हजार रुपैयाँ लिने गरेका छन्।

मौसम तत्काल खुल्ने सम्भावना नरहेकाले उडान अझै केही दिन अवरुद्ध हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। पूर्वको कोशीमा भित्रिएको मनसुन निरन्तर सक्रिय भइरहेकाले कोशीसहितका क्षेत्रमा झरीको सम्भावना उच्च रहेको छ। मनसुन सक्रिय भइरहेकाले अझै धेरै वर्षात् हुनसक्ने अनुमान गरिएको छ।

सम्बन्धित समाचार

विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
  • २०८१ असार ४, १४: ०८

काठमाडौं। मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थल (संचालित) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थामा गरिने उद्धारको प्रवन्ध कति कमजोर रहेछ भन्ने तथ्य...

सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
  • २०८१ असार ४, १४: ०८

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिषरमा उडान भर्नासाथ दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार एकै परिवारका तीन जनाको निधन भएको छ। सौर्य...

बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
  • २०८१ असार ४, १४: ०८

हेटौंडा। बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित ९ जना मन्त्रीहरुले सपथ लिएका छन्। नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र...