सदस्यता विवाद निरुपण गरी भदौमा निर्वाचन गर्न स्वतन्त्र पत्रकार संगठनको सुझाव – Naya Bikalpa
February 7, 2025, Friday

सदस्यता विवाद निरुपण गरी भदौमा निर्वाचन गर्न स्वतन्त्र पत्रकार संगठनको सुझाव

काठमाडौं। स्वतन्त्र पत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघका सबै तहको निर्वाचन आगामी भदौ महिनामा मात्र गर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेको छ।

संगठनका अध्यक्ष एल.एस. लामाको नेतृत्वमा गएको एक प्रतिनिधि भण्डलले महासंघका महासचिव रोशन पुरीलाई एक ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो सुझाव दिएको हो।

संगठनले आठ सय ७९ वर्गीकरणमा परेकोका समाचार पत्रलाई लोककल्याणकारी विज्ञापन वापतको बिल भुक्तानी यही असार २० गते सम्म गर्नको लागि पहल गर्न समेत दबाब दिएको छ।

ध्यानाकर्षण पत्रकमा ‘गाँसको लागि अवाज बुलन्द गरेर लड्ने कोही नभएको हुनाले स्वतन्त्र पत्रकार संगठनको मागलाई स्वीकार’ गर्दै चुनाव मौसम अनुकूल भदौ महिनामा सार्न आग्रह गरिएको छ।

नेपाल पत्रकार महासंघको शुद्धिकरणको मूद्धाबाट उब्जिएको सदस्यता विवादलाई विधानअनुसार समयमै निरूपण नगरी गैर संवैधानिक तवरले पटक पटक निर्वाचन तालिका घोषणा गरेर निर्वाचन सम्पन्न गराउन नसकेको भन्दै संगठनले महासंघको नेतृत्व र निर्वाचन समितिप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।

‘पत्रकार महासंघको इतिहासमा असंवैधानिक ढंगले जिल्ला शाखा र प्रदेश समितिको अधिवेशन सम्पन्न नगराई गत बैशाख २१ गते काठमाडौंमा सम्पन्न २७ औं महाधिवेशनको म्यान्डेट अनुसार जेठ २६ गते महासंघको तीनै तहको निर्वाचन मिति घोषणा गरेको महासंघले तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन असफल भएको छ’, ध्यानाकर्षण पत्रमा भनिएको छ,।

संगठनले महासंघको पहिलो संस्थापक सत्य नारायण बहादुर श्रेष्ठको नाम अनुमोदन गराउन महासंघ पूर्णरूपमा मौन देखिएको भन्दै इतिहासलाई तोडमोड गर्न गराउन कोही कसैलाई छुट नभएको जनाउँदै श्रेष्ठलाई संस्थापक र पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई संरक्षकको अनुमोदन गरेर इतिहासको महाराथीहरूको उच्च सम्मान गर्न माग गरेको छ।

‘वर्तमान नेतृत्वले चुनाव सम्पन्न गराउने कुरामा आशंका बढ्दै गइरहेको र स्वतन्त्र श्रमजीवी, ब्यवसायीक स्वरोजगारमा आबद्ध पत्रकारहरूमाथि विवेद तथा पक्षपाती ढंगले सदस्यता नविकरण गर्न बञ्चित गरेर सदस्यता वापत उठाइएको लाखौं रूपैयाँ अपचलन गर्न खोजिएको र गैर पत्रकारको जमातलाई पत्रकार महासंघको सदस्यता वितरण गर्न खोजिएको हाम्रो ठहर छ’, संगठनल भनेको छ।

नेपाल पत्रकार महासंघको आधिकारिक वेबसाईटमार्फत सूचना सार्वजनिक नगरी सूचनाको हकबाट वञ्चित बनाइएको भन्दै संगठनले स्वरोजगार पत्रकारहरूले सञ्चालन गर्दै आएको साप्ताहिक, पाक्षिक र मासिक पत्रिकाहरूलाई लोककल्याणकारी विज्ञापन दिन ढिलाई गरेकोमा आपत्ति जनाएको छ।

संगठनले सुदूर पश्चिम प्रदेशका अधिकांश जिल्ला शाखा भवन निर्माणका लागि स्थानीय निकायको आर्थिक सहयोगमा भवन निर्माण सम्पन्न कार्य भएको हुँदा भवन निर्माणको बिल भुक्तानी यही असार २४ भित्र लिनुपर्ने भएकोले महासंघले जारी गरेको समय तालिका असार २२ गते अधिंकाश जिल्ला र प्रदेश समितिको पत्रकारहरू मतदानमा सहभागी हुन नसक्ने जनाएको छ।

विगतमा तत्कालिन सभापति महेन्द्र विष्ट र गोविन्द आचार्यको कार्यकालमा ६÷८ महिना सारेर निर्वाचन सम्पन्न भएको भन्दै संगठनले विवादरहित ढंगले निर्वाचन सम्पन्न गराउन कोही कसैको ब्यक्तिगत स्वार्थ पूर्तिबाहेक महासंघको हितमा नहुने देखिएको जनाउँदै अध्यक्ष विपुल पोखरेललाई सुझाब दिएको छ।

संगठनले उपयुक्त समयमा निर्वाचन तालिका घोषणा गर्न माग गर्दै अन्यथा यसबाट सिर्जित घटनाको जिम्मेवारी नेपाल पत्रकार महासंघको वर्तमान कार्यसमितिको नेतृत्वले लिनुपर्ने चेतावनी दिएको छ।

 

सम्बन्धित समाचार

रवि लामिछानेमाथि प्रतिशोध साँधियो, यसको मूल्य सरकारले चुकाउनुपर्छ : डीपी अर्याल
रवि लामिछानेमाथि प्रतिशोध साँधियो, यसको मूल्य सरकारले चुकाउनुपर्छ : डीपी अर्याल
  • २०८१ असार १४, १७: ४४

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको बताएका...

खेलकुदमन्त्री चौधरीको गुनासो- ‘बजेट अभाव हुँदा काम गर्न सकिएन’
खेलकुदमन्त्री चौधरीको गुनासो- ‘बजेट अभाव हुँदा काम गर्न सकिएन’
  • २०८१ असार १४, १७: ४४

काठमाडौं : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयमा पर्याप्त बजेट नभएको बताएका छन् । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना...

चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
  • २०८१ असार १४, १७: ४४

काठमाडौं : चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५...