रोनाल्डोले गरे कीर्तिमानी ९००औं गोल – Naya Bikalpa
April 17, 2026, Friday      Epaper

रोनाल्डोले गरे कीर्तिमानी ९००औं गोल

काठमाडौं। फुटवल खेलका विश्वचर्चित खेलाडी तथा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ९००औं गोल गर्दै महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्।

नेसन्स लिगमा क्रोएसियाविरुद्धको खेलमा पोर्चुगलका लागि ३९ वर्षीय रोनाल्डोले गोल गर्दै २–० को जित दिलाए।

यो गोल उनको देशका लागि १३१ औं गोल हो भने उनले स्पोर्टिङ लिस्बन, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्टस र हालको क्लब अल नासरका लागि क्लब स्तरमा गोल गरेका छन्।

उनले ७ अक्टोबर २००२ मा १७ वर्ष आठ महिना तीन दिनको उमेरमा पोर्चुगलको स्पोर्टिङका लागि दुई गोल गरेका थिए।

सन् २००९ मा विश्व कीर्तिमानी ९४ मिलियन युरोमा रियल मड्रिडमा सामेल हुनुअघि उनी म्यानचेस्टर युनाइटेडमा सरेका थिए।

युभेन्टसमा सामेल हुन इटाली जानुअघि स्पेनिस जायन्ट्समा नौ वर्षमा उनले ४३८ खेलमा ४५० गोल गरेका थिए।

उनले इटालियन क्लबको साथ आफ्नो तीन वर्षको दौडान युनाइटेडमा फर्कनु अघि आफ्नो तालिकामा थप १०१ गोल थपे। जहाँ उनले ५४ खेलमा २७ गोल गरे।

तर उनको खेल यात्रा रोर्किन्। उनी अहिले साउदी अरबको अल–नासरबाट खेलिरहेका छन्। उनले अहिलेसम्म ६८ गोल गरिसकेका छन्। रोनाल्डोका प्रतिद्वन्द्वी लियोनल मेसीले अहिलेसम्म ८ सय ६७ गोल गरेका छन्।

सम्बन्धित समाचार

संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस
संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस
  • २०८१ भाद्र २१, १४: २९

काठमाडौँ : नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने सन्दर्भमा आफ्ना प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गर्ने तयारी गरेको...

टी-२० आई र लिग-२ सिरिज खेल्ने नेपालको छुट्टाछुट्टै टोली घोषणा
टी-२० आई र लिग-२ सिरिज खेल्ने नेपालको छुट्टाछुट्टै टोली घोषणा
  • २०८१ भाद्र २१, १४: २९

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले युएईसँग हुने टी–२० अन्तर्राष्ट्रिय सिरिज र आइसिसी विश्वकप लिग–२ का लागि छुट्टा छुट्टै नेपाली...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
  • २०८१ भाद्र २१, १४: २९

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२०...