ओबामाका दाजु इबोङ्गो मलिक ट्रम्पको समर्थनमा उत्रिए – Naya Bikalpa
April 17, 2026, Friday      Epaper

ओबामाका दाजु इबोङ्गो मलिक ट्रम्पको समर्थनमा उत्रिए

काठमाडौं। अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाका दाजु इबोङ्गो मलिक ओबामाले डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका छन्।

मलिक ओबामाले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेर राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका हुन्।

उनले भनेका छ्– ‘म मलिक ओबामा हुँ, म रिपब्लिकन पार्टीको एक दर्ता मतदाता हुँ र म डोनाल्ड ट्रम्पलाई भोट दिनेछु। ट्रम्प हृदयदेखि बोल्छन्।’

बाराक ओबामाका सौतेनी दाजु मलिक ओबामाले जो बाइडेन र हिलारी क्लिन्टनको समयमा पनि डोनाल्ड ट्रम्पलाई समर्थन गरेका थिए।

अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै मलिक ओबामाले ट्रम्पलाई मन परेको कारण उनी हृदयदेखि बोल्ने बताएका छन्। मेक अमेरिका ग्रेट अगेन एक अद्भुत नारा हो र म ट्रम्पलाई भेट्न चाहन्छु, उनले भनेका छन्।

मलिक इबोङ्गो ओबामा पेशाले एकाउन्टेन्ट हुन्। बाराक ओबामा राष्ट्रपति हुँदा उनी ह्वाइट हाउस पनि गएका थिए। तर, पछि उनीहरुको सम्बन्ध चिसियो।

मलिक ओबामाले सन् २०२२ मा एक सामाजिक सञ्जाल पोस्टमा लेखेका थिए, ‘म बराक ओबामाको राष्ट्रपतिकालमा उनीसँगै बसें तर पछि थाहा पाएँ कि उनी स्वार्थी थिए।

मलिक ओबामाले यसअघि बराक ओबामामाथि धेरै गम्भीर आरोप लगाएका थिए। यी मध्ये एक आरोपमा मलिकले बराक ओबामा अमेरिकामा जन्मिएका नभई केन्याका नागरिक भएको दाबी गरेका थिए।

आफ्नो दावीको समर्थनमा मलिक ओबामाले ओबामाको नक्कली जन्म प्रमाणपत्र पनि पेश गरेका थिए। मलिक ओबामाले बारम्बार सामाजिक सञ्जालमा दक्षिणपन्थी विचारहरू पोस्ट गर्छन् र समलिङ्गी विवाह र गर्भपतनको आलोचना गर्ने गरेका छन्।

 

सम्बन्धित समाचार

संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस
संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस
  • २०८१ भाद्र २१, १५: १६

काठमाडौँ : नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने सन्दर्भमा आफ्ना प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गर्ने तयारी गरेको...

टी-२० आई र लिग-२ सिरिज खेल्ने नेपालको छुट्टाछुट्टै टोली घोषणा
टी-२० आई र लिग-२ सिरिज खेल्ने नेपालको छुट्टाछुट्टै टोली घोषणा
  • २०८१ भाद्र २१, १५: १६

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले युएईसँग हुने टी–२० अन्तर्राष्ट्रिय सिरिज र आइसिसी विश्वकप लिग–२ का लागि छुट्टा छुट्टै नेपाली...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
  • २०८१ भाद्र २१, १५: १६

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२०...