
काठमाडौं। भारतीय अभिनेत्री मलाइका अरोराका बुवा अनिल अरोराले छतबाट हाम फालेर आत्महत्या गरेका छन्।
उनको परिवार र चिनजानका मानिसहरु सो घटनाबाट स्तब्ध भएका छन्। घटना आज बुधबार बिहान ९ बजेको भएको हो।
अनिलले बान्द्रास्थित आफ्नै घरबाट हाम फालेर आत्महत्या गरेका थिए। कारणहरू अझै थाहा भएको छैन। शव पोष्टमार्टमका लागि पठाइएको छ। मलाइकाका पूर्वपति अरबाज खान परिवारका साथ घटनास्थल पुगेका छन्।
मलाइकाले बुबाको निधनको खबर पाएपछि पुणेबाट तुरुन्तै मुम्बई गएकी थिइन्। गत वर्ष अनिल अरोरालाई स्वास्थ्य समस्याका कारण मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो।
मलाइका आमा जोयससँग अस्पतालमा देखिएकी थिइन्। तर, उनको उपचारको कारण भने खुल्न सकेको छैन।
काठमाडौँ : नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने सन्दर्भमा आफ्ना प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गर्ने तयारी गरेको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले युएईसँग हुने टी–२० अन्तर्राष्ट्रिय सिरिज र आइसिसी विश्वकप लिग–२ का लागि छुट्टा छुट्टै नेपाली...
काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२०...