
मणिपुर (भारत)। जातीय हिंसामा वृद्धि भएपछि कर्फ्यु लागू भएसँगै इन्टरनेट सुविधा समेत बन्द गरिएको मणिपुर राज्यमा हिंसा नियन्त्रणमा आउन सकेको छैन।
बिहीबार मात्र भारतीय प्रहरीले ३३ जनालाई पक्राउ गरेको अधिकारीले बताएका छन्। मणिपुरमा मुख्यतया हिन्दू मेइतेई बाहुल्य क्षेत्रमा इसाई कुकी समुदायको गर्त वर्षको मई महिनामा सुरु भएको जातीय द्वन्द्वले हालसम्म कम्तिमा २ सय जनाको ज्यान लिएको छ।
महिनौंको प्रयासपछि केही शान्त भएको मणिपुरमा सेप्टेम्वरको शुरुवातसँगै द्वन्द्वको नयाँ लहर प्रारम्भ भएको छ। विद्रोहीहरूले रकेट र ड्रोन प्रयोग गरेर आक्रमण गर्दा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने राज्यमा हिंसा वृद्धि भएको प्रहरीले बताएको छ ।
‘पछिल्ला केही दिनमा भएको हिंसात्मक विरोध प्रदर्शनपछि मणिपुर प्रहरीले सात किशोर र अन्य ३३ जनालाई पक्राउ गरेको छ’, प्रहरीको एक विज्ञप्तिमा भनिएको छ ।
प्रहरीले मानिसहरूलाई हिंसाग्रस्त क्षेत्रमा शान्ति कायम गर्न कानून प्रवर्तन विभागसँग सहकार्य गर्न आग्रह गरेको छ ।
गत वर्ष महिनौँसम्म चलेको ‘ब्ल्याकआउट’लाई दोहो¥याउँदै अधिकारीहरूले विभिन्न क्षेत्रमा इन्टरनेट सेवा बन्द गरेका छन् । प्रहरीले कर्फ्युको आदेश पनि जारी गरेको थियो तर राज्यको राजधानी इम्फालमा सयौँले आदेशको अवहेलना गर्दै प्रदर्शन गरेका थिए ।
मेइतेई प्रदर्शनकारीले कुकी समुदायलाई पछिल्लो आक्रमणको दोष लगाउँदै उनीहरूविरुद्ध कारबाहीको माग गर्दै मंगलबार विरोध प्रदर्शन गरेका थिए ।
मेइतेई र कुकी समुदायबीच भूमि र सार्वजनिक रोजगारीको विषयमा लामो समयदेखि द्वन्द्व चलिरहेको छ। अधिकारकर्मीहरूले राजनीतिक लाभका लागि स्थानीय नेताले जातीय विभाजन बढाएको आरोप लगाएका छन्।
सरकारी तथ्यांकअनुसार गत वर्ष दुई समुदायबीचको लडाइँले लगभग ६० हजार मानिस आफ्नो घर छोड्न बाध्य भएका थिए ।
काठमाडौँ : नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने सन्दर्भमा आफ्ना प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गर्ने तयारी गरेको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले युएईसँग हुने टी–२० अन्तर्राष्ट्रिय सिरिज र आइसिसी विश्वकप लिग–२ का लागि छुट्टा छुट्टै नेपाली...
काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२०...