संजय गौतम –सिंचाइ मन्त्री
दुई चरणको निर्वाचन पश्चात् कांग्रेसभित्रको संगठनका बारेमा व्यापक टिकाटिप्पणी भईरहेको छ । सात युवा नेताहरुले संयुक्त रुपमा वक्तव्य जारी गरेर केन्द्रीय नेतृत्व समक्ष निर्वाचनमा पराजयको कारण पत्ता लगाउन दबाब दिईरहेका छन् । विभिन्न नेता तथा गुट–उपगुट खोलेर बस्ने ठूला नेताहरु पनि आफ्ना आफ्ना पक्षमा लबिङ्ग गरीरहेका छन् ।
यसैबीच नेपाली कांग्रेसका उपत्यकाका उपस्थित जिल्ला सभापतिहरु भेला भई संगठनलाई कसरी चुस्त दुरुस्त बनाउने भन्ने विषयमा र केन्द्रीय नेतृत्वलाई केन्द्रीय समितको तत्काल बैठक बसेर समिक्षा गर्दै अगाडि बढ्न सुझाव दिने भन्दै २२ जिल्ला सभापतिहरु मेलम्चीमा दूई रात बिताएका छन् । वर्तमान मन्त्रीपरिषद्मा सिंचाई मन्त्री समेत रहेका र प्रतिनिधि सभा सदस्यमा बर्दियाबाट वामदेव गौतमलाई पराजित गरेर चर्चामा आएका बर्दिया जिल्ला सभापति संजय गौतमसँग पत्रकार ऋषि धमलाले नयाँ बिकल्प साप्ताहिकका लागि गरिएको कुराकानीको सम्पादीत अंशः
हालै जिल्ला सभापतिहरुको गोप्य भेला किन बसेको हो ?
गोप्य भेला होइन सभापतिहरु एक ठाउँमा बसेर सरसल्लाह गरेको हो । नेपाली कांग्रेसको सभापतिहरुले नेपाली कांग्रेसलाई कसरी मजबुत पार्ने किन यस्तो परिणाम आयो नेपाली कांग्रेसले यस्तो हार किन बेर्होर्नु प¥यो ?मुलुकको राजनीतिक परिवर्तन गराउन संविधान बनाउने नेतृत्व दायी भूमिका नेपाली कांगे्रसले गर्यो ।
मुलुकको परिवर्तनको महत्वपूर्ण काम नेपाली कांग्रेसले गरेको छ । त्यति हुँदाहुँदै पनि किन नेपाली कांग्रेसको यस्तो परिणाम आयो भनेर छलफल गरेका हौं ।
त्यसो भए पार्टी सभापति शेरबहादुर देउवाको कमिकमजोरीले गर्दा चुनाव हारियो अब उहाँले छोड्नुपर्छ भन्ने निष्कर्षमा पुगेको हो त तपाईहरु ?
त्यस्तो कुरा होइन, छोड्नुपर्छ भन्ने कुरा होइन । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले आफ्नो जिल्लाको बागडोर सम्हालेर बसेका छन् । ति सम्पूर्ण सभापतिहरुको एउटा राष्ट्रिय भेला होस् र पार्टीको केन्द्रीय समितिको बैठक सँगै बसेर समिक्षा गर्न पाइयोस् भनेर सरसल्लाह गरेका हौं ।
हामीले पनि जिल्ला सभापतिहरु जुन एउटा जिम्मेवारीमा छौं, हामीहरुले पनि एक ठाउँमा बसेर के कारण छ । नेपाली कांग्रेसलाई आगामी दिनहरुमा कसरी चुस्त दुरुस्त गर्न सकिन्छ, समग्र कांग्रेस कसरी निर्माण गर्न सकिन्छ, कमजोर भयो कांग्रेस त्यसकारण गुट–गुटमा लागेर हाम्रो भविष्य छैन । लोकतन्त्रको भविष्य छैन र कांग्रेसको पनि भविष्य छैन, नेपाली कांग्रेसलाई संस्थागत रुपमा कसरी नेतृत्व गर्न सकिन्छ भन्ने कुराको लागि हामी उपस्थित साथीहरुले बैठक गरेका छौं ।
नेपाली कांग्रेस पार्टीभित्र सभापति, वरिष्ठ नेतादेखि युवा नेतासम्मको गुट–उपगुटहरु छ नि त ?
हामी जिल्ला सभापतिहरु नेपाली कांग्रेसलाई मजबुत बनाउन चाहन्छौं । नेपाली कांग्रेसको संगठनलाई चुस्त दुरुस्त बनाउन चाहन्छौं । नेपाली कांग्रेसले विगतमा जे–जे कामहरु, क्रियाकलापहरु गरे त्यसको इमान्दारी पूर्वक, समिक्षा गराउन चाहन्छौं । त्यो समिक्षाबाट जे निश्कर्ष आउँछ, त्यसको आधारमा अगाडीका यात्रा तय गर्न चाहन्छौं । समग्र कांग्रेसले नै आजको समस्यालाई सम्बोधन गर्न सक्छ भन्ने हाम्रो ठम्याई रहेको छ ।
कांग्रेसका जिल्ला सभापतिहरु पनि चुनावमा पराजित भएका छन् नि किन होला ?
जिल्ला सभापतिहरुले नै चुनाव हार्नु पछाडि केही कारणहरु छन् । नेपाली कांग्रेसको जिल्ला सभापतिले मात्र टिकट दिएका हैनन् नि त नेपाली कांग्रेसको जिल्ला सभापतिहरुले त संगठन आफ्नो भूमिका मात्र निर्वाह गरेका हुन् ।
अहिलेको पराजयको प्रमुख कारण जिल्ला सभापतिको भूमिकालाई पनि न्यूनीकरण गरिएकोले हो । नेपाली कांग्रेस स्थापनादेखि नै सभापतिय पद्धतिबाट चल्दै आएको छ । हामी के मान्यता राख्छौं भने चाहे त्यो केन्द्रको सभापति होस्, चाहे त्यो जिल्लाको सभापति होस्, त्यो मजबुत हुनु पर्छ ।
हिजो गिरिजाप्रसाद कोइरालालाई कमजोर बनाउने काम भएको हुँदा सभापतिय पद्धतिलाई नेपाली कांग्रेसको विधानले नै मजबुत बनाउने बाटो अपनाएको छ । नेपाली कांग्रेसको केन्द्रीय समितिले यसको समिक्षा गर्नुुपर्छ । हामी जिल्ला सभापति पनि एक ठाउँमा बसेर यसको समिक्षा गर्ने मनसाय हामीले व्यक्त गरेका छौं । त्यसका लागि हामीले राष्ट्रिय भेलाको माग गरेका छौं । कमिकमजोरीलाई हटाएर त्यस्ता खाले बिकृती, विसंगतीलाई हटाउनलाई नै आम कार्यकर्ताले केन्द्रीय समितिको बैठक माग गरेका हुन् ।
राष्ट्रिय भेलाको माग गर्दा कतिवटा जिल्लाका जिल्ला सभापतिहरु उपस्थित रहनुभएको थियो ?
हालै भएको बैठक भनेको उपस्थिति भएका सभापतिहरु एक ठाउँमा बस्यौं, औपचारिक रुपले सबै सभापतिहरुलाई बोलाएको पनि होइन । जति साथीहरु काठमाडौंमा उपस्थित हुन सक्यौं, सम्र्पकमा आउन सक्यौं, ती साथीहरु बसेर टाउको जोडेका हौ । सञ्चारमाध्यमहरुले त्यसलाई अलिकति बढाएर चढाएर बाहिर ल्याएका हुन की भन्ने लाग्छ तर लोकतान्त्रिक पार्टीभित्र भएका गरेका कामहरु नेपाली मिडियाले प्रचार गर्दिएकोमा खुशी लागेको छ ।
हामी इमान्दारी पूर्वक नेपाली कांग्रेसको अहिलको परिस्थितिको समिक्षा गर्न चाहन्छौं । पराजयका कारणहरु खोज्न चाहन्छौं । संगठनलाई निर्माण गर्न चाहन्छौं र आगामी दिनहरुको यात्रालाई हामी तय गर्न चाहन्छौं । त्यसका लागि हामी केन्द्रीय समितिको बैठक तत्काल बसोस् भन्ने चाहन्छौं ।
सभापतिको भेलाले पनि यो विषयमा समिक्षा गरोस भन्ने चाहन्छौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरु चिन्तित छन् । अहिलेको परिस्थितिमा नेपाली कांग्रेसलाई लिएर जाने भन्ने कुरा नै सबभन्दा प्रमुख कुरा हो । समिक्षा चाही तत्काल हुनुपर्छ भन्ने हाम्रो चाहना हो ।
उसो भए कांग्रेसभित्र अनुसाशन तोडिएको हो ? कहिले कुन गुटको भेला, कहिले कुन नेताको भेला किन भईरहेको छ त ?
हो त्यही कारणले हामीहरुले अनुशासनहिन काम गरेका छैनौं । हामीले एक ठाउँ बसेर टाउको जोडेर खाली यसको समिक्षा होस् भन्ने चाहेका छौं र यो ठाउाँ ठाउँमा अलग अलग गुट उपगुट बनाएर पनि काम चल्दैन ।
अब नेपाली कांग्रेसलाई मजबुत गराएर लैजानुपर्छ । कतिपय विधानमा संशोधन गर्नुपर्ने आवश्यकताहरु पनि छन् । आवश्यक प¥यो भने महासमितिको पनि बैठक बोलाउनु पर्ने परिस्थिति पनि बन्ला र नेपाली कांग्रेसले एउटा सहि बाटो लिएर जानुपर्छ भन्ने हो । यहाँ कुनै गुट उपगुटको कुरा, कुनै राजीनामाको कुरा, कसैको विरोध विरोध र समर्थनको कुरा, कसैको निर्देशनको कुरा होइन ।
उसोभए जिल्ला सभापतिहरु पार्टीको केन्द्रीय सभापतिका विरुद्ध लाग्नु भएको हो ?
त्यसो पनि होइन हामी विरुद्धमा छैनौ । सभापतिहरु यसको समिक्षा के हो ? र समयमै नेपाली कांग्रेसले आफ्नो बाटो सच्याओस् भन्ने चाहन्छौं ।
हामी जिल्ला सभापतिहरु पनि जिल्लाको संगठनको जिम्मा लिएका छौं नि त । हामीले केन्द्रीय सभापतितिर मात्रै लक्षित गरेर पनि हुँदैन हाम्रा पनि कमिकमजोरी छन् की समिक्षा भयो भने हाम्रो पनि कमिकमजोरी आउला नी त हामीले पनि राजिनामा गर्नुपर्ने भए गरौला त्यो ठुलो कुरो भएन ।
उसोभए कांग्रेसको पराजय पछि पार्टी प्रतिपक्षमा बस्नुपर्छ भन्ने निष्र्कष हो त ?
हामी जनताको जनादेशको सम्मान गर्छौ । हामी अहिले प्रतिपक्षको भूमिका संसदमा निर्वाह गर्न तयार छौं । अहिलेको जनादेश हामीलाई त्यही छ ।
हामी चाहन्छौं जुन बामगठबन्धनले बहुमत आएको छ, उहाँहरुले चाडो भन्दा चाडो सरकार निर्माण गर्ने वातावरण बनाउनुस् राम्रोसँग मुलुकलाई स्थिरता दिने उहाँहरुमा रुचि होस् । हामी सशक्त रचनात्मक प्रतिपक्षको निर्वाह गर्न तयार छांै । चाडोभन्दा चाडो राम्रो सरकार निर्माण गरेर अगाडि बढोस्, उहाँहरुले निर्वाचन भन्दा अगाडि भने जस्तै पार्टी पनि एकिकरण होस्, तर कुरो के हो भने पहिले प्रतिपक्षमा बसेको पार्टी हामी प्रतिपक्षमा बस्दा के गर्न हुन्छ के गर्न हुँदैन त्यसको समिक्षा गरेर संसद्मा नेपाली कांग्रेसको भूमिकालाई सशक्त अगाडि बढाउँछांै । जस्तो परिस्थितिहरु आउँदा पनि सामना गर्न तयार भएर बस्छौं । लोकतन्त्र खतरामा पर्न दिँदैनौं ।
मन्त्री परिषद्को बैठकमा के–के निर्णय भयो ?
मन्त्री परिषद्को बैठकमा केही निर्णयहरु भएका छन् । मन्त्री परिषद्को बैठकमा देशभरिका समस्याहरुको समिक्षा भएको छ । प्रदेश प्रमुखको पनि र अस्थायी प्रदेश राजधानीको विषयमा पनि हामीले सर्वदलीय सहमति खोजेका छौं । प्रधानमन्त्रीजीले दिनरात यसमा कोसिस गरिरहनु भएको छ ।
अब एक खालको सहमति बन्यो भने निर्णय हुन्छ नत्र एक खालको सहमति बनेन भने गाह्रो हुन्छ, निर्णय गर्न । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सहिद घोषणादेखि न्याय सेवाका केही पदहरुको पूर्ति गर्ने निर्णय भएका छन् ।
सरकारले प्रदेश प्रमुख तोक्न ढिलासुस्ती किन गरेको होला ?
हामी किन ढिलाई गर्ने, अहिलेसम्म त अरु राजनीतिक दलहरुले जसले भोलिको मुलुक चलाउँछु भनेर जिम्मा लिएको छ, जसलाई जनताले यत्रो म्याण्डेड दिएको छ, उहाँहरुको पनि त कम्प्लिट ओपिनियन आउनु प¥यो नि त, उहाँहरुको पनि दृष्टिकोण आउनु प¥यो नि, खाली रमिते भएर सबै सरकारको टाउकोमा हाल्दिएर त हुँदैन नी, राजनीति सहमति र सहकार्य भएको यात्रा एकातिर, अर्को तिर चाहि जिन्दावाद र मुर्दावाद गर्न लगाउने, कोही नेता एक ठाउँमा राजधानी बनाउनुपर्छ भन्ने, कोही नेता अर्को ठाउँमा राजधानी बनाउनु पर्छ भन्ने, यो पनि कुनै तरिका हो । कमसेकम नेताहरुले त जिम्मेवार भएर भूमिका निर्वाह गर्नुप¥यो नि । नेताहरुलेनै गैर जिम्म्ेवारी भएर राज्य चल्छ । जसलाई जे मन लाग्यो त्यही बोलेर हुन्छ । त्यसैले सहमति निर्माण गर्ने प्रयासमा हामीहरु लागिरहेका छौं ।
चलचित्र समीक्षा सस्मिता पाठक काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ...
Discover how https://casinos-online-romania.it.com/ simplifies online gambling navigation, offering easy access to top casino games, slots, and reviews.