नेतान्याहुलाई संकेत गर्दै जो वाइडेनले भने ‘मध्यपपूर्वमा ठूलो युद्धको खतरा देखियो’ – Naya Bikalpa
April 17, 2026, Friday      Epaper

नेतान्याहुलाई संकेत गर्दै जो वाइडेनले भने ‘मध्यपपूर्वमा ठूलो युद्धको खतरा देखियो’

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले मध्यपूर्वमा ठूलो युद्ध हुनबाट जोगाउनुपर्ने बताएका छन्।

डेलावेयरस्थित एयर फोर्स बेसमा पत्रकारहरूसँग कुरा गर्दै उनले यसबारेमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुरा गर्ने बताए। तर, उनीहरूबीच कहिले वार्ता हुन्छ भन्ने उनले बताएनन् ।

यसअघि ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले अमेरिकी टिभी नेटवर्क (एबीसी) लाई इजरायलले लेबनानमा आफ्नो सहयोगी हिजबुल्लाहमाथि गरेको आक्रमणको सम्बन्धमा इरानको कुनै पनि प्रतिक्रियाका लागि तयार रहनुपर्ने बताएका थिए।

अर्कोतर्फ, इजरायलले पछिल्ला केही घण्टामा लेबनानमा आफ्नो सैन्य कारबाहीलाई तीव्र बनाएको छ। यसले हिजबुल्लाहसँग जोडिएका दर्जनौं लक्ष्यहरूमा आक्रमण गरेको छ।

इजरायली सेनाले आफ्नो वायुसेनाले बेका उपत्यका र दक्षिणी लेबनानमा रहेको हिजबुल्लाह भवनहरूमा भण्डारण गरिएका हतियार र रकेट लन्चरहरूमा आक्रमण गरेको जनाएको छ।

अर्को सङ्गठन पपुलर फ्रन्ट फर लिबरेशन अफ प्यालेस्टाइनले बेरुतको कोला जिल्लामा इजरायली आक्रमणमा आफ्ना तीन नेता मारिएको जनाएको छ।

आइतबार इजरायली सेनाले यमनमा हुथी विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा आक्रमण गरेको थियो। यसमा होदेइदाह शहरमा रहेको पावर प्लान्ट र बन्दरगाहलाई निशाना बनाइएको थियो।

सम्बन्धित समाचार

संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस
संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस
  • २०८१ आश्विन १४, १६: १९

काठमाडौँ : नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने सन्दर्भमा आफ्ना प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गर्ने तयारी गरेको...

टी-२० आई र लिग-२ सिरिज खेल्ने नेपालको छुट्टाछुट्टै टोली घोषणा
टी-२० आई र लिग-२ सिरिज खेल्ने नेपालको छुट्टाछुट्टै टोली घोषणा
  • २०८१ आश्विन १४, १६: १९

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले युएईसँग हुने टी–२० अन्तर्राष्ट्रिय सिरिज र आइसिसी विश्वकप लिग–२ का लागि छुट्टा छुट्टै नेपाली...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
  • २०८१ आश्विन १४, १६: १९

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२०...