अमेरिकाको पश्चिम –दक्षिण क्षेत्रमा आएको ‘हेलेन’ आँधीबाट दुई सय बढीको मृत्यु – Naya Bikalpa
April 17, 2026, Friday      Epaper

अमेरिकाको पश्चिम –दक्षिण क्षेत्रमा आएको ‘हेलेन’ आँधीबाट दुई सय बढीको मृत्यु

काठमाडौं। संयुक्त राज्य अमेरिकाको दक्षिण–पश्चिम क्षेत्रमा ‘हेलेन’ नामको आँधीले ठूलो धन जनको क्षति पुर्याएको छ।

यस आँधीका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको छ। अमेरिकी उद्धारकर्मीहरूले आँधीबाट बाँचेकाहरूको खोजी गरिरहेका छन्।

हेलेनको कारण नर्थ क्यारोलिनामा एक सय बढीको मृत्यु भएको छ। सन् २००५ मा क्याट्रिना तूफान पछि हेलेन यहाँ सबैभन्दा घातक आँधी साबित भएको छ।

सन् २००५ मा यहाँ आएको आँधीबाट एक हजार आठ सय भन्दा बढीको मृत्यु भएको थियो।

हेलेन आँधीले ल्यान्डफल गरेको झण्डै एक सातापछि पनि सयौं मानिस अझै पनि यस क्षेत्रमा बेपत्ता छन् र करिब ८ लाख घरहरू अझै पनि बिजुलीविहीन छन्।

अमेरिकी राष्ट्रपति जो वाइडेनले बिहीबार आँधीबाट प्रभावित क्षेत्रको हवाई भ्रमण गरेका थिए।

सम्बन्धित समाचार

संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस
संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस
  • २०८१ आश्विन १८, १४: ३९

काठमाडौँ : नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने सन्दर्भमा आफ्ना प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गर्ने तयारी गरेको...

टी-२० आई र लिग-२ सिरिज खेल्ने नेपालको छुट्टाछुट्टै टोली घोषणा
टी-२० आई र लिग-२ सिरिज खेल्ने नेपालको छुट्टाछुट्टै टोली घोषणा
  • २०८१ आश्विन १८, १४: ३९

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले युएईसँग हुने टी–२० अन्तर्राष्ट्रिय सिरिज र आइसिसी विश्वकप लिग–२ का लागि छुट्टा छुट्टै नेपाली...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
  • २०८१ आश्विन १८, १४: ३९

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२०...