प्रवक्तामा युवा नेता शर्मा नियुक्त – Naya Bikalpa
November 14, 2025, Friday      Epaper

प्रवक्तामा युवा नेता शर्मा नियुक्त

नेपाली कांग्रेसको प्रवक्तामा युवा नेता विश्वप्रकाश शर्मा नियुक्त भएका छन् । गत साता मंगलबार सभापति शेरबहादुर देउवाले केन्द्रिय सदस्य शर्मालाई पार्टीको प्रवक्तामा नियुक्त गरेका हुन् ।

प्रख र वक्ता र विश्लेषकका रुपमा परिचित प्रवक्ता शर्माले पार्टीले दिएको जिम्मेवारी गहन रुपमा लिएर पुरा गर्ने बताएका छन् ।

पछिल्लो समयमा केही युवा नेताले नेतृत्व परिवर्तनको कुरा उठाईरहेका बेला सभापति देउवाले नेपाली कांग्रेसका १३ औँ महाधिवेशन भएको २२ महिनापछि पहिलो पटक पार्टीको प्रवक्ता नियुक्त गरेका हुन् ।

माध्यमिक तहको विद्यालय जीवन देखि नै नेपाल विद्यार्थी संघमा आवद्ध हुँदै नेपाल विद्यार्थी संघको केन्द्रिय सभापति हुँदै नेपाली कांग्रेसको केन्द्रिय राजनीतिमा आएका नेता युवा पुस्तमा चर्चित छन् ।
मंगलबार मात्रै पार्टीको प्रवक्तमा युवा नेता विश्वप्रकाश शर्मालाई नियुक्त गरेपश्चात शर्माले बुधबारै पार्टी कार्यलयमा सन्चारकर्मीहरुसँग छलफल गरेका छन् । छलफल कार्यक्रममा प्रवक्ता शर्माले सबै कपाल फुलेकाहरु अयोग्य र सबै कपाल काला भएकाहरु योग्य नहुनै भन्दै राजनीतिलाई ऐजले नभई ऐजेण्डाले निर्देशित गर्नुपर्ने बताए ।

पार्टीलाई नयाँ उर्जा दिएर पार्टीको एकता थप मदत पु¥याउन सबैको सहयोग र नेपाली मिडियाको समेत सहयोगको अपेक्षा गरेको उनले बताए ।

सम्बन्धित समाचार

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
  • २०७४ माघ २, ०७: ५६

धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...

सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
  • २०७४ माघ २, ०७: ५६

काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको...

रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग  गरे पाँच बुँदे सहमति
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग गरे पाँच बुँदे सहमति
  • २०७४ माघ २, ०७: ५६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...