नेपाली कांग्रेसको प्रवक्तामा युवा नेता विश्वप्रकाश शर्मा नियुक्त भएका छन् । गत साता मंगलबार सभापति शेरबहादुर देउवाले केन्द्रिय सदस्य शर्मालाई पार्टीको प्रवक्तामा नियुक्त गरेका हुन् ।
प्रख र वक्ता र विश्लेषकका रुपमा परिचित प्रवक्ता शर्माले पार्टीले दिएको जिम्मेवारी गहन रुपमा लिएर पुरा गर्ने बताएका छन् ।
पछिल्लो समयमा केही युवा नेताले नेतृत्व परिवर्तनको कुरा उठाईरहेका बेला सभापति देउवाले नेपाली कांग्रेसका १३ औँ महाधिवेशन भएको २२ महिनापछि पहिलो पटक पार्टीको प्रवक्ता नियुक्त गरेका हुन् ।
माध्यमिक तहको विद्यालय जीवन देखि नै नेपाल विद्यार्थी संघमा आवद्ध हुँदै नेपाल विद्यार्थी संघको केन्द्रिय सभापति हुँदै नेपाली कांग्रेसको केन्द्रिय राजनीतिमा आएका नेता युवा पुस्तमा चर्चित छन् ।
मंगलबार मात्रै पार्टीको प्रवक्तमा युवा नेता विश्वप्रकाश शर्मालाई नियुक्त गरेपश्चात शर्माले बुधबारै पार्टी कार्यलयमा सन्चारकर्मीहरुसँग छलफल गरेका छन् । छलफल कार्यक्रममा प्रवक्ता शर्माले सबै कपाल फुलेकाहरु अयोग्य र सबै कपाल काला भएकाहरु योग्य नहुनै भन्दै राजनीतिलाई ऐजले नभई ऐजेण्डाले निर्देशित गर्नुपर्ने बताए ।
पार्टीलाई नयाँ उर्जा दिएर पार्टीको एकता थप मदत पु¥याउन सबैको सहयोग र नेपाली मिडियाको समेत सहयोगको अपेक्षा गरेको उनले बताए ।
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति १२ः०० बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल...
काठमाडौं : सरकारले वि.सं. २०६२/६३ को राजनीतिक परिवर्तनयता महत्वपूर्ण सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने भएको छ । सरकारका...