ट्रम्प राष्ट्रपतिमा पराजित भए मलाई जेल हाल्छन् र अमेरिकामा फेरी चुनाव हुँदैनः एलन मस्क – Naya Bikalpa
April 17, 2026, Friday      Epaper

ट्रम्प राष्ट्रपतिमा पराजित भए मलाई जेल हाल्छन् र अमेरिकामा फेरी चुनाव हुँदैनः एलन मस्क

काठमाडौं। टेस्ला, स्पेस एक्स र एक्सका मालिक एलन मस्कले अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प पराजित भएमा आफुलाई जेल हालिने टिप्पणी गरेका छन्।

एन्कर टकर कार्लसनसँगको अन्तर्वार्तामा मस्कले ट्रम्प आगामी राष्ट्रपतीय चुनावमा कमला ह्यारिससँग पराजित भए भने आफु जेल जान सक्ने बताएका हुन्।

उनले कमला ह्यारिसले चुनाव जितेमा अमेरिकामा फेरि कहिल्यै चुनाव नहुने दाबि समेत गरेका छन्। मस्कले अमेरिकाको राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई खुलेर समर्थन गर्दै आएका छन्।

मस्कलाई ट्रम्प चुनाव हारे भने के हुन्छ ? भन्ने प्रश्न सोधिएकोमा उनले भने– ‘यदि ट्रम्प चुनाव हारे भने सोच्नुहोस् म गएको छु। म कति वर्ष जेल जान्छु जस्तो लाग्छ? के म मेरा छोराछोरीलाई पनि हेर्न सक्षम हुनेछु? मलाई थाहा छैन।’

हालै पेन्सिलभेनियाको बटलरमा ट्रम्पको ¥यालीमा पनि मस्कले पूर्व राष्ट्रपतिसँग स्टेज साझा गर्दै ट्रम्पलाई चुनाव जिताउन आग्रह गरेका थिए ।

अन्तर्वार्ताका क्रममा मस्कले भने, ‘मलाई लाग्छ कि यदि ट्रम्पले यी चुनावहरू जितेनन् भने यी अन्तिम चुनाव हुनेछन्।’

मस्कले भने, ‘ह्यारिस बाइडेनको शासनकालमा अमेरिका आएका लाखौं गैरकानुनी आप्रवासीलाई नागरिकता दिइनेछ र उनीहरू भविष्यमा सदाका लागि डेमोक्र्याट पार्टीका मतदाता हुनेछन्।’ मस्कले भने, ‘मेरो अनुमान छ कि यदि डेमोक्र्याट पार्टी अझै चार वर्ष सत्तामा रह्यो भने अर्को चुनावमा धेरै गैरकानुनी आप्रवासीलाई कानुनी मान्यता दिनेछ र त्यसपछि अमेरिकामा स्विङ स्टेट रहनेछैन, जसका कारण देशमा शासन हुनेछ ।’

मस्कले आफ्नो दावीको समर्थनमा १९८६ को अध्यागमन सुधार र नियन्त्रण अधिनियमको उदाहरण दिए।

मिडिया रिपोर्टहरूले यो कानून अन्तर्गत लाखौं अवैध आप्रवासीहरूलाई अमेरिकी नागरिकता दिइएको थियो। यसपछि मात्र क्यालिफोर्निया डेमोक्र्याट पार्टीको गढ बनेको मस्कले बताए।

मस्कले भने, ‘मलाई लाग्छ हामी लोकतान्त्रिक देश रहिरहन चाहन्छौं र हामी एउटा पार्टीले शासन गर्ने देश बन्न चाहँदैनौं। ट्रम्प लोकतन्त्रका लागि खतरनाक भनी बोल्नेहरू आफैं लोकतन्त्रका लागि खतरा हुन्.। एक दलको शासन लोकतन्त्र होइन।’

 

सम्बन्धित समाचार

संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस
संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस
  • २०८१ आश्विन २३, १३: ४३

काठमाडौँ : नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने सन्दर्भमा आफ्ना प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गर्ने तयारी गरेको...

टी-२० आई र लिग-२ सिरिज खेल्ने नेपालको छुट्टाछुट्टै टोली घोषणा
टी-२० आई र लिग-२ सिरिज खेल्ने नेपालको छुट्टाछुट्टै टोली घोषणा
  • २०८१ आश्विन २३, १३: ४३

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले युएईसँग हुने टी–२० अन्तर्राष्ट्रिय सिरिज र आइसिसी विश्वकप लिग–२ का लागि छुट्टा छुट्टै नेपाली...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
  • २०८१ आश्विन २३, १३: ४३

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२०...