कांग्रेस छाडेर एनपीसीमा प्रवेश गरेका नेता सिद्दिकीको मुम्बईमा गोली हानी हत्या – Naya Bikalpa
April 17, 2026, Friday      Epaper

कांग्रेस छाडेर एनपीसीमा प्रवेश गरेका नेता सिद्दिकीको मुम्बईमा गोली हानी हत्या

मुम्बई। भारतमा एनसीपी (अजित पवार गुट)का नेता बाबा सिद्दिकीको यहाा गोली हानी हत्या गरिएको छ।

उनलाई शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा कैयौं राउण्ड गोली प्रहार गरिएको थियो।

त्यसपछि उनलाई गम्भीर अवस्थामा लिलावती अस्पतालमा भर्ना गरिएको थियो। उनको छातीमा गोली लागेको बताइएको थियो।

यस वर्ष फेब्रुअरीमा बाबा सिद्दीकी कांग्रेस छोडेर एनसीपी (अजित पवार गुट) मा सामेल भए। उनी विगत ४८ वर्षदेखि कांग्रेसमा थिए।

छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा उनीमाथि आक्रमण भएको हो। मुख्यमन्त्री एकनाथ शिन्देअनुसार प्रहरीले यस मामिलामा दुई जनालाई पक्राउ गरेको छ। उनीहरूसँग सोधपुछ भइरहेको छ ।

घटनाको जानकारी दिँदै सीएम एकनाथ शिन्देले भने, ‘बाबा सिद्दिकीमाथि घातक हमला भएको थियो, उहाँको मृत्यु भएको छ । यो दुखद घटना हो । दुई अभियुक्त पक्राउ परेका छन्, एक फरार छन् । तेस्रो अभियुक्त पनि छिट्टै पक्राउ पर्नेछन् । एक आरोपी हरियाणा र एक उत्तर प्रदेशका हुन्।’

सम्बन्धित समाचार

संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस
संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस
  • २०८१ आश्विन २८, १५: ०१

काठमाडौँ : नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने सन्दर्भमा आफ्ना प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गर्ने तयारी गरेको...

टी-२० आई र लिग-२ सिरिज खेल्ने नेपालको छुट्टाछुट्टै टोली घोषणा
टी-२० आई र लिग-२ सिरिज खेल्ने नेपालको छुट्टाछुट्टै टोली घोषणा
  • २०८१ आश्विन २८, १५: ०१

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले युएईसँग हुने टी–२० अन्तर्राष्ट्रिय सिरिज र आइसिसी विश्वकप लिग–२ का लागि छुट्टा छुट्टै नेपाली...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
  • २०८१ आश्विन २८, १५: ०१

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२०...