न्यूयोर्कका लागि उडेको एयर इन्डियाको विमानमा बमको धम्कीपछि दिल्लीमा अवतरण – Naya Bikalpa
April 17, 2026, Friday      Epaper

न्यूयोर्कका लागि उडेको एयर इन्डियाको विमानमा बमको धम्कीपछि दिल्लीमा अवतरण

 

नयाँ दिल्ली। न्यूयोर्कका लागि मुम्बईबाट उडेको एयर इन्डियाको विमानमा बम रहेको चेतावनीपछि नयाँ दिल्लीमा अवतरण गराइएको छ।

२३९ यात्रू बोकेको सो विमानमा बम रहेको धम्कीपछि दिल्लीमा डाइभर्ट गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

दिल्ली एयरपोर्टमा अवतरण गरेर तलासी लिदा विमानमा केहि नभेटिएको बताइएको छ।

सबै यात्रु सकुशल रहेको र थप अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

यस विषयमा दिल्ली पुलिसले एक बयान पनि जारी गर्दै विमान हाल दिल्ली विमानस्थलमा रहेको, यात्रु र चालक दलको सुरक्षा सुनिश्चित गर्न सबै मानक सुरक्षा प्रोटोकलहरू पछ्याइएको जानकारी दिएको छ ।

यसअघि अगस्टमा मुम्बईबाट आएको एयर इन्डियाको विमानमा बमको धम्की आएको थियो । विमानको शौचालयमा टिस्यु पेपरमा ‘उडानमा बम छ’ लेखिएको सन्देश भेटिएको थियो ।

 

सम्बन्धित समाचार

संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस
संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस
  • २०८१ आश्विन २८, १६: १५

काठमाडौँ : नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने सन्दर्भमा आफ्ना प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गर्ने तयारी गरेको...

टी-२० आई र लिग-२ सिरिज खेल्ने नेपालको छुट्टाछुट्टै टोली घोषणा
टी-२० आई र लिग-२ सिरिज खेल्ने नेपालको छुट्टाछुट्टै टोली घोषणा
  • २०८१ आश्विन २८, १६: १५

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले युएईसँग हुने टी–२० अन्तर्राष्ट्रिय सिरिज र आइसिसी विश्वकप लिग–२ का लागि छुट्टा छुट्टै नेपाली...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
  • २०८१ आश्विन २८, १६: १५

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२०...