बालिकालाई ठक्कर दिएर मारेपछि धनुषा धनौजीका स्थानीयले आगजानी गरे बसमा – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

बालिकालाई ठक्कर दिएर मारेपछि धनुषा धनौजीका स्थानीयले आगजानी गरे बसमा

जनकपुरधाम। धनुषा जिल्लामा स्कूल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि आक्रोसित भिडले बसमाथि आगजनी गरेका छन्।

मंगलबार बिहान करिब १० बजे धनौजी गाउँपालिका– २, गोरदाहास्थित जनजयोती स्कूलको बा.३ प ९०६५ नम्बरको बसले रामजानकी स्कूलमा अध्ययनरत्त आरोहीकुमारी मण्डललाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट घाइते भएकी आरोहिको उपचारको लागि प्रादेशिक अस्पताल, जनकपुरधाममा ल्याएपछि मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले बताए।

बालिकालाई ठक्कर दिएपछि आक्रोशित भएका स्थानीयले बसमा आगजनी गरेका छन्। आगजनीबाट बस पूर्णरुपमा जलेरको छ। बसका चालक फरार भएकाले प्रहरी खोजतलाश गरिरहेको छ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ कार्तिक ६, १६: २०

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ कार्तिक ६, १६: २०

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ कार्तिक ६, १६: २०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...