सभामुखद्वारा समितिमा रहेका सबै विधेयकहरु पारित गरेर पठाउन सभापतिहरुलाई निर्देशन – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

सभामुखद्वारा समितिमा रहेका सबै विधेयकहरु पारित गरेर पठाउन सभापतिहरुलाई निर्देशन

काठमाडौं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिलाई विचाराधीन विधेयकमाथिको छलफल गरी पारित गरेर संसद्मा पठाउन निर्देशन दिएका छन्।

संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा बोलाएर सभामुख घिमिरेले पुराना र नयाँ सबै विधेयकलाई पारित गरेर संसद्मा पठाउन मंगलबार निर्देशन दिएका हुन्।

बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सभामुखले कुन समितिमा कुन सांसदको अनुपस्थितिले गर्दा विधेयक पारित गर्न ढिलाइ भएको हो? भन्ने जानकारी गराउन पनि सचिवालयलाई निर्देशन दिएको बताए।

संसद्को आगामी अधिवेशन बोलाउनुअघि सभामुख घिमिरेले संसद्को काम कारबाही प्रभावकारी बनाउन छलफल गरेका हुन्। रास्वपा लगायतका दलले विशेष अधिवेशनको माग गरे पनि यसबारे छलफल नभएको उनले बताए।

छलफलमा उपसभामुख इन्दिरा रानासहित संसदीय समितिका सभापतिहरू, एमालेका मुख्य सचेतक महेश कुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डे सहभागी थिए।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ कार्तिक ६, १७: ५३

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ कार्तिक ६, १७: ५३

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ कार्तिक ६, १७: ५३

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...