चर्काे दबाब पछि सामुहिक राजीनामा – Naya Bikalpa
April 16, 2026, Thursday      Epaper

चर्काे दबाब पछि सामुहिक राजीनामा

नेकपा माओवादी केन्द्रका मन्त्रिहरुले शुक्रबार सामूहिक राजीनामा दिएका छन् । गिरिराजमणि पोख्रेलको नेतृत्वमा गएको टोलिले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका हुन् ।

विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले अध्यक्ष प्रचण्डको दबाबमा राजीनामा दिएका हुन् । पार्टीको निर्णय अनुसार आफुहरुले राजीनामा दिएको बताउँदै मन्त्री पोख्रेलले अध्यक्ष प्रचण्डले लेखेको पत्र बुझाएको जानकारी दिए ।

गत जेठमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा नेता कृष्ण बहादुर महराको नेतृत्वमा माओवादी मन्त्रीहरु सहभागी भएका थिए ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिपक्ष एमालेसँग मिलेर चुनावी गठबन्धन गरेको भन्दै माओवादी मन्त्रिहरुलाई प्रधानमन्त्री दउवाले असोज ३१ गते विनाविभागीय बनाइदिएका थिए ।
चार महिना कामविहिन हुँदा पनि सत्तामा बसेर निर्वाचनमा होमिएको माओवादी पार्टी यतिबेला नयाँ सरकार बनाउन मार्ग प्रशस्त गर्ने भन्दै राजीनामा दिएतापनि राजनीतिक रुपमा जम्बुमन्त्रीमण्डलमा बसेर राज्यको ढुकुटीबाट सेवा सुविधा प्रयोग गर्दै आईरहेको थियो । दर्जन भन्द बढी मन्त्रीहरुले सेवा सुविधा प्रयोग गर्दा राज्यको करोडौँ खर्च भइरहेका थिए ।

कामविहिन भएर पनि राज्यको करोडौँ ढुकुटी रित्याएर बसिरहेका माओवादी केन्द्रका मन्त्रीहरु माथि चौतर्फी विरोध भएपछि अन्तिम अवस्थमा आएर राजीनामा दिएका हुन् । विनविभागीय भएदेखि नै सिंहदरबार छिर्न छाडेका मन्त्रीहरु सेवा सुविधा लिनमात्र जाने गरेको भन्दै व्यापक विरोध भएपछि उनीहरुले दबाबमा परेर सामूहिक राजीनामा दिएका हुन् ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७४ माघ २, ०८: ०३

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
  • २०७४ माघ २, ०८: ०३

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति १२ः०० बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल...

२०६२-६३ देखिका उच्च राजनीतिक पदाधिकारीको सम्पत्ति छानबिन गर्न समिति गठन
२०६२-६३ देखिका उच्च राजनीतिक पदाधिकारीको सम्पत्ति छानबिन गर्न समिति गठन
  • २०७४ माघ २, ०८: ०३

काठमाडौं : सरकारले वि.सं. २०६२/६३ को राजनीतिक परिवर्तनयता महत्वपूर्ण सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने भएको छ । सरकारका...