काठमाडौं। रुसको कजानमा भएको ब्रिक्स शिखर सम्मेलनपछि प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच द्विपक्षीय भेटवार्ता भएको छ।
भेटका क्रममा दुई देशका शीर्ष नेताबीच भएको कुराकानीको विवरण भारतीय विदेश मन्त्रालयले दिएको छ।
विदेश मन्त्रालयअनुसार प्रधानमन्त्री मोदीले पूर्वी लद्दाखमा एलएसीमा गस्ती सम्बन्धी सम्झौताको स्वागत गरेका थिए।
दुई देशबीचको मतभेद र विवादलाई राम्ररी समाधान गर्न र शान्ति र सद्भावमा खलल नपर्न दिनु पर्नेमा पनि जोड दिएको मन्त्रालयले उल्लेख गरेको छ।
भेटमा दुवै देशका शीर्ष नेताहरूले छिट्टै दुवै देशका प्रतिनिधिबीच भेटवार्ता गरी भारत–चीन सीमा समस्यामा शान्ति र सद्भावको व्यवस्थापनका सम्बन्धमा दुई देशबीचको निष्पक्ष, उपयुक्त र स्वीकार्य समाधान खोज्ने सहमति भएको छ।
दुई देशका शीर्ष नेताहरूले दुई छिमेकी र विश्वका दुई ठूला देश भएकाले भारत र चीनबीचको स्थिर, अनुमानित र सौहार्दपूर्ण सम्बन्धले क्षेत्रीय र विश्वव्यापी शान्ति र समृद्धिमा सकारात्मक प्रभाव पार्ने कुरामा जोड दिएको बताइएको छ।
काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...
राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...
काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...