
काठमाडौं : काठमाडौंमा जारी साफ महिला च्याम्पियन्सिपमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । योसँगै नेपालले फाइनल प्रवेशका लागि भारतसँग प्रतिस्पर्धा गर्ने छ ।
नेपालको जितमा रेखा पौडेलले दुई तथा सविता रानामगर, सावित्रा भण्डारी र अमिशा कार्कीले समान एक गोल गरे । खेलको आठौं मिनेटमा सविता रानामगरले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएकी थिइन् । १२औं मिनेटमा सावित्रा भण्डारीले डिबक्स बाहिरबाट गरेको प्रहार सिधै गोलमा परिणत भयो । लगत्तै १३औं मिनेटमा अमिसा कार्कीको पासमा रेखा पौडेलले गोल गर्दै नेपालले ३–० को अग्रता बनाएको थियो ।
खेलको ३६औं मिनेटमा रेखा पौडेलले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४-० गोलको अग्रता दिलाइन् । खेलको ४७औं मिनेटमा अमिसा कार्कीले गोल गर्दै नेपाललाई ५–० को अग्रता दिलाइन् । इन्ज्युरी समयमा रश्मी कुमारी घिसिङले गोल गर्दै नेपाललाई ६-० को जित दिलाइन् ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...