श्रीलंकाविरुद्ध नेपाल ६–० ले विजयी, सेमिफाइनलमा भारतसँग भिड्ने – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

श्रीलंकाविरुद्ध नेपाल ६–० ले विजयी, सेमिफाइनलमा भारतसँग भिड्ने

काठमाडौं : काठमाडौंमा जारी साफ महिला च्याम्पियन्सिपमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । योसँगै नेपालले फाइनल प्रवेशका लागि भारतसँग प्रतिस्पर्धा गर्ने छ ।

नेपालको जितमा रेखा पौडेलले दुई तथा सविता रानामगर, सावित्रा भण्डारी र अमिशा कार्कीले समान एक गोल गरे । खेलको आठौं मिनेटमा सविता रानामगरले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएकी थिइन् । १२औं मिनेटमा सावित्रा भण्डारीले डिबक्स बाहिरबाट गरेको प्रहार सिधै गोलमा परिणत भयो । लगत्तै १३औं मिनेटमा अमिसा कार्कीको पासमा रेखा पौडेलले गोल गर्दै नेपालले ३–० को अग्रता बनाएको थियो ।

खेलको ३६औं मिनेटमा रेखा पौडेलले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४-० गोलको अग्रता दिलाइन् । खेलको ४७औं मिनेटमा अमिसा कार्कीले गोल गर्दै नेपाललाई ५–० को अग्रता दिलाइन् । इन्ज्युरी समयमा रश्मी कुमारी घिसिङले गोल गर्दै नेपाललाई ६-० को जित दिलाइन् ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ कार्तिक ८, १९: ३७

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ कार्तिक ८, १९: ३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८१ कार्तिक ८, १९: ३७

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...