डा.शेखर समूहले नाम नदिएपछि कोशी सरकारमा कांग्रेसका भूपेन्द्रलाई २ मन्त्रालय – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

डा.शेखर समूहले नाम नदिएपछि कोशी सरकारमा कांग्रेसका भूपेन्द्रलाई २ मन्त्रालय

विराटनगर। कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसका नेता तथा मन्त्री भूपेन्द्र राईले २ वटा मन्त्रालयको जिम्मेवारी पाएका छन्। यसअघि राईलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको मात्रै जिम्मेवारी दिईएको थियो।

नेपाली कांग्रेसभित्रको आन्तरिक विवादका कारण डा.शेखर कोइराला समूहले मन्त्रीको नाम नपठाएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसको भागमा परेको मन्त्रालय कांग्रेसकै मन्त्रीलाई जिम्मा लगाएका हुन्।

मन्त्री राई नेपाली कांग्रेस कोशी प्रदेशको महामन्त्री हुन् भने संसदीय दलको यसअघि प्रमुख सचेतक थिए। मुख्यमन्त्री कार्कीले कांग्रेसको भागमा परेको स्वास्थ्य मन्त्रालय कांग्रेसबाट सरकारको नेतृत्व गरेका मन्त्री राईलाई बिहीबार जिम्मेवारी दिएका छन्।

राईले अब प्रदेशको भौतिक पूर्वाधार विकास र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्। यसअघि उनी भौतिक पूर्वाधार विकासमन्त्री मात्रै थिए।

‘स्वास्थ्य मन्त्रालय पनि कांग्रेसको भागमा परेका कारण सरसल्लाहमै उहाँहरूलाई जिम्मेवारी दिएको हो,’ मुख्यमन्त्री कार्कीले भने,‘ यति भएपछि सरकारले पूर्णता पनि पायो।’ युवा नेता राई खोटाङबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।

कांग्रेस नेता डा.शेखर कोइराला समूहले आफूहरुलाई दुई वटा मन्त्रालयको जिम्मेवारी नदिएको भन्दै गुनासो गरेपछि कांग्रेस कसैको पनि नाम प्रदेश सरकारमा पठाएका छैनन्।

‘उहाँहरूले नाम पठाउन सक्नु भएन। नपठाएपछि अर्काको भागको मन्त्रालय धेरै समय किन राख्नु। आन्तरिक भागबन्डाको विषय अब उहाँहरूले नै मिलाउनुहुन्छ,’ मुख्यमन्त्री सचिवालय स्रोतले भन्यो।

गत असार तेस्रो साता कांग्रेस र नेकपा (एमाले)को नयाँ समीकरण बनेपछि कोशीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्री तथा २ राज्यमन्त्री पाउने सहमति भएको थियो।

पार्टीको भागमा परेको ४ मध्ये २ मन्त्रालयमा डाक्टर शेखर कोइरालाले दाबी गरेका थिए। तर, कोशी प्रदेशमा कांग्रेसभित्र संस्थापन पक्ष, डा.शेखर कोइराला पक्ष र कृष्णप्रसाद सिटौला पक्षका प्रदेश सभा सदस्यहरुको उपस्थिति हाराहारीको सङ्ख्यामा रहेको छ।

एउटा मन्त्री र एउटा राज्यमन्त्री दिन सभापति शेरबहादुर देउवा तयार भएपनि कोइराला समूहले नाम पठाएन। कोइराला समूहले नाम नपठाएपछि गत भदौ २८ गते कांग्रेसबाट ३ जना मन्त्री बनेका थिए।

डेढ महिनासम्म कोइराला समूहले नाम नपठाएपछि एमालेबाट मुख्यमन्त्री बनेका कार्कीले सम्हाल्दै आएको मन्त्रालय कांग्रेसलाई नै जिम्मा लगाइएको हो।

स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी पाएका राईले कांग्रेसको भागमा परेका कारण मुख्यमन्त्रीले जिम्मेवारी दिएको बताए।

दलले मन्त्री पठाएपछि मन्त्रालय जिम्मा लगाउने उनले बताए। यता कोइराला समूहले भने दुईवटा मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपठाउने बताउँदै आएको छ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ कार्तिक ९, १४: ०९

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ कार्तिक ९, १४: ०९

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ कार्तिक ९, १४: ०९

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...