गेडहीलाई गरुडा मेयर कपको उपाधि – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

गेडहीलाई गरुडा मेयर कपको उपाधि

प्रेमचन्द्र झा

राैतहट : रौतहटको गरुडा नगरपालिकाद्वारा आयोजित मेयर कप २०८१ को उपाधि वडा नम्बर २ गेडहीले जितेको छ । नगरस्तरमा भएको प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा बसबिटी जिगडिया क्रिकेट टिमलाई पराजित गर्दै गेडही विजयी भएको हो ।

गेडही क्रिकेट टिमले टस जितेर ब्याटिङ गर्दा ९ विकेट गुमाए दुई सय १८ रनकाे लक्ष्य दिएको थियो । बसबिटी जिगडियाले सबै विकेट गुमाएर १ सय तीस रन मात्र बनाउन सक्यो । जितसँगै वडा नम्बर २ गेडहीका खेलाडीहरुले ट्रफी, प्रमाणपत्रसहित ८१ हजार नगद प्राप्त गर्‍यो ।

उपविजेता बसबिटीले ट्रफी, प्रमाणपत्रसहित ४१ हजार नगद प्राप्त गर्‍यो । खेलमा ८१ रन बनाएका मनोज सहनी म्यान अफ दि म्याच चुनिए । बेस्ट अफ दि सिरिज धर्मेन्द्र साह बने ।

समापन कार्यक्रमका प्रमुख अतिथि गरुडा नगरपालिकाका प्रमुख कन्थमणि प्रसाद जयसवालले खेलाडीलाई मेडल, ट्रफी, प्रमाण पत्र र नगद हस्तान्तरण गरेका थिए ।

युथ कल्ब अफ राैतहटका अध्यक्ष पिन्टु शर्माकाे अध्यक्षतामा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

उक्त प्रतियोगिताको असोज २१ गते एक कार्यक्रमबीच मधेश सरकारका खेलकुदमन्त्री प्रदिप जयसवालले उद्घाटन गरेका थिए ।

सम्बन्धित समाचार

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ कार्तिक १०, २१: ३५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८१ कार्तिक १०, २१: ३५

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८१ कार्तिक १०, २१: ३५

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...