
प्रेमचन्द्र झा
राैतहट : रौतहटको गरुडा नगरपालिकाद्वारा आयोजित मेयर कप २०८१ को उपाधि वडा नम्बर २ गेडहीले जितेको छ । नगरस्तरमा भएको प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा बसबिटी जिगडिया क्रिकेट टिमलाई पराजित गर्दै गेडही विजयी भएको हो ।
गेडही क्रिकेट टिमले टस जितेर ब्याटिङ गर्दा ९ विकेट गुमाए दुई सय १८ रनकाे लक्ष्य दिएको थियो । बसबिटी जिगडियाले सबै विकेट गुमाएर १ सय तीस रन मात्र बनाउन सक्यो । जितसँगै वडा नम्बर २ गेडहीका खेलाडीहरुले ट्रफी, प्रमाणपत्रसहित ८१ हजार नगद प्राप्त गर्यो ।

उपविजेता बसबिटीले ट्रफी, प्रमाणपत्रसहित ४१ हजार नगद प्राप्त गर्यो । खेलमा ८१ रन बनाएका मनोज सहनी म्यान अफ दि म्याच चुनिए । बेस्ट अफ दि सिरिज धर्मेन्द्र साह बने ।
समापन कार्यक्रमका प्रमुख अतिथि गरुडा नगरपालिकाका प्रमुख कन्थमणि प्रसाद जयसवालले खेलाडीलाई मेडल, ट्रफी, प्रमाण पत्र र नगद हस्तान्तरण गरेका थिए ।
युथ कल्ब अफ राैतहटका अध्यक्ष पिन्टु शर्माकाे अध्यक्षतामा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
उक्त प्रतियोगिताको असोज २१ गते एक कार्यक्रमबीच मधेश सरकारका खेलकुदमन्त्री प्रदिप जयसवालले उद्घाटन गरेका थिए ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...