प्रहरीविरुद्ध भ्रमणपूण सन्देश फैल्याउँदै थुनामा रहेका रबीका समर्थकहरु – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

प्रहरीविरुद्ध भ्रमणपूण सन्देश फैल्याउँदै थुनामा रहेका रबीका समर्थकहरु

पोखरा। प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेका समर्थकहरुले प्रहरीको बदनाम गर्ने अभियानालाई तिब्रता दिएका छन्।

उनीहरूले टिकटकसहितका सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति दिइरहेको भन्दै जिल्ला प्रहरी कार्यालय काश्कीले आइतबार प्रेस विज्ञप्ति नै जारी गरेको छ।

लामिछानेको पक्षमा पोष्ट गरिएका अभिव्यक्तिले प्रहरीलाई बदनाम गराउने भइरहेको प्रहरीले जनाएको छ।

काश्की प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धानको क्रममा रहेका लामिछानेलाई सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा म्याद थप गर्न अदालतमा उपस्थित गराउँदा इजलासमा आदरार्थी शब्दको प्रयोग नगरेको, इजलासमा हतियार सहित प्रवेश गरेको, धम्काएको एवं प्रहरी हिरासतमा समेत दुर्व्यवहार गरेको भन्ने जस्ता भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरू सामाजिक सञ्जालहरुमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय, कास्कीको गम्भिर ध्यानाकर्षण भएको छ।’

प्रहरीले अनुसन्धानमा नकारात्मक प्रभाव पर्ने सूचनाको सम्प्रेषण र सन्देश प्रवाह नगर्न आग्रह गरेको छ। ‘फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुशरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय, कास्की सदैव प्रतिबद्ध रहेको अनुरोध गर्दछ’ प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले भनेका छन्।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ कार्तिक ११, १३: ५४

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ कार्तिक ११, १३: ५४

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ कार्तिक ११, १३: ५४

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...