सलमानलाई निर्दोष भनेपछि विष्णोई समुदायले जलाए सलमान र उनका पीताको पुत्ला – Naya Bikalpa
April 17, 2026, Friday      Epaper

सलमानलाई निर्दोष भनेपछि विष्णोई समुदायले जलाए सलमान र उनका पीताको पुत्ला

काठमाडौं। लरेन्स विष्णोई समुदायले भारतीय अभिनेता सलमान खान र उनका पिता सलिमको पुत्ला जलाएका छन्।

केहीदिन अघि सलिमले सलमानको बचाउ गर्दै उनी निर्दोष भएको बताएका थिए। ‘केही अपराध गरेको छ, तपाईँहरूले देख्नुभएको छ? तपाईँलाई थाहा छ? छानबिन गर्नुभयो? हामीले त कहिले पनि बन्दुक चलाएका छैनौं।’ सलिमले भनेका थिए।

‘घटनाको समयमा आफू त्यहाँ थिए भनेर सलमानले भनेका छन्? उसलाई जनावर मार्नेमा कुनै शौक छैन, ऊ त पशुलाई माया गर्छ’ सलिमले भनेका थिए।

त्यसपछि सलमान खानलाई चेतावनी दिँदै उनीहरूले अभिनेता र उनका पिताको पुत्ला जलाएका छन्। विष्णोई समुदायका मानिसहरू शनिबार जयपुरमा भेला भएर उनीहरूको विरुद्धमा प्रदर्शन गरेका थिए।

सोही क्रममा उनीहरूले सलिम खान र सलमान खानको पुत्ला पनि जलाएका थिए।

सलिम खानले सलमान खानलाई निर्दोष बताए पनि उनले कालो हरिणलाई मारेको समुदायको दाबी छ। समुदायका लागि कालो हरिण आफ्नो सन्तान जस्तै भएको र कालो हरिणलाई मारेको कुरा आफूहरूले कहिले नभुल्ने समुदायको भनाइ छ।

गिरोहले एनसीपीका नेता बाबा सिद्दिकीको हत्याको जिम्मेवारी लिएपछि स्थिति झनै बिग्रिएको छ। सलमान खानले विदेशबाट आफ्नो लागि बुलेटप्रुफ कार अर्डर गरेको बताइएको छ।

सम्बन्धित समाचार

संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस
संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस
  • २०८१ कार्तिक ११, १४: ०३

काठमाडौँ : नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने सन्दर्भमा आफ्ना प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गर्ने तयारी गरेको...

टी-२० आई र लिग-२ सिरिज खेल्ने नेपालको छुट्टाछुट्टै टोली घोषणा
टी-२० आई र लिग-२ सिरिज खेल्ने नेपालको छुट्टाछुट्टै टोली घोषणा
  • २०८१ कार्तिक ११, १४: ०३

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले युएईसँग हुने टी–२० अन्तर्राष्ट्रिय सिरिज र आइसिसी विश्वकप लिग–२ का लागि छुट्टा छुट्टै नेपाली...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
  • २०८१ कार्तिक ११, १४: ०३

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२०...