काठमाडौं। लरेन्स विष्णोई समुदायले भारतीय अभिनेता सलमान खान र उनका पिता सलिमको पुत्ला जलाएका छन्।
केहीदिन अघि सलिमले सलमानको बचाउ गर्दै उनी निर्दोष भएको बताएका थिए। ‘केही अपराध गरेको छ, तपाईँहरूले देख्नुभएको छ? तपाईँलाई थाहा छ? छानबिन गर्नुभयो? हामीले त कहिले पनि बन्दुक चलाएका छैनौं।’ सलिमले भनेका थिए।
‘घटनाको समयमा आफू त्यहाँ थिए भनेर सलमानले भनेका छन्? उसलाई जनावर मार्नेमा कुनै शौक छैन, ऊ त पशुलाई माया गर्छ’ सलिमले भनेका थिए।
त्यसपछि सलमान खानलाई चेतावनी दिँदै उनीहरूले अभिनेता र उनका पिताको पुत्ला जलाएका छन्। विष्णोई समुदायका मानिसहरू शनिबार जयपुरमा भेला भएर उनीहरूको विरुद्धमा प्रदर्शन गरेका थिए।
सोही क्रममा उनीहरूले सलिम खान र सलमान खानको पुत्ला पनि जलाएका थिए।
सलिम खानले सलमान खानलाई निर्दोष बताए पनि उनले कालो हरिणलाई मारेको समुदायको दाबी छ। समुदायका लागि कालो हरिण आफ्नो सन्तान जस्तै भएको र कालो हरिणलाई मारेको कुरा आफूहरूले कहिले नभुल्ने समुदायको भनाइ छ।
गिरोहले एनसीपीका नेता बाबा सिद्दिकीको हत्याको जिम्मेवारी लिएपछि स्थिति झनै बिग्रिएको छ। सलमान खानले विदेशबाट आफ्नो लागि बुलेटप्रुफ कार अर्डर गरेको बताइएको छ।
दाङ : जिल्ला क्रिकेट सङ्घं एसिसी मिजं यु–१६ इस्टर्न जोन कप त्याकूगु नेपाली टोलीया दुजः शुभम खनाल व सहायक प्रशिक्षक...
मोरङ : कोशी प्रदेशक सामाजिक विकासमन्त्री पाँचकर्ण राई मजुदरके जीवनयापनके लेल न्यूनतनम पारिश्रमिक वृद्धि करबाक प्रतिबद्धता व्यक्त कएने अइछ ।...
महेन्द्रनगर : मधेश प्रदेशक मुख्यमन्त्री सतिश कुमार सिंह वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय भेल बताैलैन अइछ । राष्ट्रपति चुरे...