रवीको रिहाईको माग गर्दै बालुवाटार घेराउ गर्ने सांसदसहित रास्वपाका ३३ पक्राउ – Naya Bikalpa
November 14, 2025, Friday      Epaper

रवीको रिहाईको माग गर्दै बालुवाटार घेराउ गर्ने सांसदसहित रास्वपाका ३३ पक्राउ

काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पार्टी सभापति रवी लामिछानेको रिहाइ माग गर्दै बालुवाटारमा प्रदर्शन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक सांसदसहित ३३ नेता–कार्यकर्ता पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रास्वपा सांसद अशोक चौधरीसहित ३३ जना हुन्। सहकारी ठगी प्रकरणमा कात्तिक २ गते लामिछाने पक्राउ परेसँगै रास्वपाले पहिले पोखरा र पछि काठमाडौंमा निरन्तर प्रदर्शन गर्दै आएको छ।

रास्वपाको आव्हानमा मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन भएको थियो। प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

दिउँसो १२ बजे तय भएको प्रदर्शनअघि नै बालुवाटार पुगेका केही नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेमा रास्वपाका काठमाडौं जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर सभापति बुद्धरत्न महर्जन, अन्य कार्यकर्ताहरु खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का रहेका छन् ।

रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार प्रहरीले पक्राउ गरेका उनीहरूलाई विभिन्न प्रहरी वृत्तमा राखिएको छ।

सम्बन्धित समाचार

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
  • २०८१ कार्तिक १३, १४: १४

धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...

सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
  • २०८१ कार्तिक १३, १४: १४

काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको...

रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग  गरे पाँच बुँदे सहमति
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग गरे पाँच बुँदे सहमति
  • २०८१ कार्तिक १३, १४: १४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...