भारतको केरलास्थित एक मन्दिरमा पटाका विस्फोट हुँदा १५० बढी घाइते – Naya Bikalpa
February 7, 2025, Friday

भारतको केरलास्थित एक मन्दिरमा पटाका विस्फोट हुँदा १५० बढी घाइते

केरला। भारतको एक हिन्दु मन्दिरमा पटाका प्रदर्शनी भयानक विस्फोटमा परिणत भएपछि करिब एक सय जनाभन्दा बढी अस्पताल भर्ना भएका छन्।

घाईतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। घटनामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भारतीय अनलाईन न्युज पोर्टलहरुले पोस्ट गरेका भिडियोहरूमा सोमबार साँझ दक्षिणी राज्य केरलाको नीलेश्वरमस्थित एउटा हिन्दू मन्दिर वरिपरि सयौं मानिसहरू आतिसबाजी हेर्न भेला भएको र त्यसपछि एउटा भवनबाट चर्को आवाज सहित शक्तिशाली आगोको गोला आकाशमा देखिन्छ।

‘करिब आठ जनाको अवस्था गम्भीर छ भने करिब एक सय ५४ जना घाइते भएको रिपोर्ट छ, तीमध्ये ९७ जना अस्पतालमा भर्ना छन्’, स्थानीय प्रहरी प्रमुख शिल्पा द्यवैयाले भनिन्, ‘उनीहरूले पटाका भण्डारण गरिएको ठाउँ नजिकै पटाका फुटाए।’

समाचार एजेन्सीहरुका अनुसार बाक्लो भीडमा रहेका मानिसहरूको अनुहार र हातमा जलन भएको देखिन्छ।

स्थानीय सरकारी अधिकारी के. इन्बासेखरले पटाका प्रदर्शनीका लागि कुनै अनुमति नदिइएको बताए। द हिन्दू पत्रिकाले मन्दिरका अध्यक्ष र सचिवलाई हिरासतमा लिइएको जनाएको छ।

भारतमा धार्मिक जमघटहरूमा सुरक्षा कमजोरी र भीड व्यवस्थापनमा कमीका कारण घातक घटनाहरूको दुःखद इतिहास छन्।

सन् २०१६ मा हिन्दू नयाँ वर्षको अवसरमा एक मन्दिरमा प्रतिबन्धित पटाका प्रदर्शनीमा भएको ठूलो विस्फोटमा कम्तीमा एक सय १२ जनाको मृत्यु भएको थियो।

भारत यस हप्ताको अन्त्यमा हिन्दू चाड दीपावलीको अवसरमा हुने प्रमुख आतसबाजी मौसमका लागि तयार हुँदैछ। यो भव्य र रङ्गीन चाडले हिन्दू देवी लक्ष्मीको पूजा गर्छ र अँध्यारोमाथि उज्यालोको विजयको प्रतीक मान्छ।

पटाकाले हानिकारक तीतो धुवाँ फैलाउँछ। राजधानी नयाँदिल्लीले खतरनाक वायु प्रदूषण रोक्न पटाकामा प्रतिबन्ध लगाएको छ।

हिन्दू भक्तजनहरूको पटाकाप्रतिको बलियो धार्मिक भावनाका कारण प्रहरी प्रायः उल्लङ्घनकर्ताहरू विरुद्ध कारबाही गर्न अनिच्छुक हुन्छन्।

सम्बन्धित समाचार

चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
  • २०८१ कार्तिक १३, १६: १८

काठमाडौं : चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५...

विपिन रिहाइको पहल : परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता
विपिन रिहाइको पहल : परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता
  • २०८१ कार्तिक १३, १६: १८

काठमाडौंः हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र...

विकास–निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
विकास–निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
  • २०८१ कार्तिक १३, १६: १८

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले तिनलाई निर्धारित समयमा...