भारतको केरलास्थित एक मन्दिरमा पटाका विस्फोट हुँदा १५० बढी घाइते – Naya Bikalpa
April 17, 2026, Friday      Epaper

भारतको केरलास्थित एक मन्दिरमा पटाका विस्फोट हुँदा १५० बढी घाइते

केरला। भारतको एक हिन्दु मन्दिरमा पटाका प्रदर्शनी भयानक विस्फोटमा परिणत भएपछि करिब एक सय जनाभन्दा बढी अस्पताल भर्ना भएका छन्।

घाईतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। घटनामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भारतीय अनलाईन न्युज पोर्टलहरुले पोस्ट गरेका भिडियोहरूमा सोमबार साँझ दक्षिणी राज्य केरलाको नीलेश्वरमस्थित एउटा हिन्दू मन्दिर वरिपरि सयौं मानिसहरू आतिसबाजी हेर्न भेला भएको र त्यसपछि एउटा भवनबाट चर्को आवाज सहित शक्तिशाली आगोको गोला आकाशमा देखिन्छ।

‘करिब आठ जनाको अवस्था गम्भीर छ भने करिब एक सय ५४ जना घाइते भएको रिपोर्ट छ, तीमध्ये ९७ जना अस्पतालमा भर्ना छन्’, स्थानीय प्रहरी प्रमुख शिल्पा द्यवैयाले भनिन्, ‘उनीहरूले पटाका भण्डारण गरिएको ठाउँ नजिकै पटाका फुटाए।’

समाचार एजेन्सीहरुका अनुसार बाक्लो भीडमा रहेका मानिसहरूको अनुहार र हातमा जलन भएको देखिन्छ।

स्थानीय सरकारी अधिकारी के. इन्बासेखरले पटाका प्रदर्शनीका लागि कुनै अनुमति नदिइएको बताए। द हिन्दू पत्रिकाले मन्दिरका अध्यक्ष र सचिवलाई हिरासतमा लिइएको जनाएको छ।

भारतमा धार्मिक जमघटहरूमा सुरक्षा कमजोरी र भीड व्यवस्थापनमा कमीका कारण घातक घटनाहरूको दुःखद इतिहास छन्।

सन् २०१६ मा हिन्दू नयाँ वर्षको अवसरमा एक मन्दिरमा प्रतिबन्धित पटाका प्रदर्शनीमा भएको ठूलो विस्फोटमा कम्तीमा एक सय १२ जनाको मृत्यु भएको थियो।

भारत यस हप्ताको अन्त्यमा हिन्दू चाड दीपावलीको अवसरमा हुने प्रमुख आतसबाजी मौसमका लागि तयार हुँदैछ। यो भव्य र रङ्गीन चाडले हिन्दू देवी लक्ष्मीको पूजा गर्छ र अँध्यारोमाथि उज्यालोको विजयको प्रतीक मान्छ।

पटाकाले हानिकारक तीतो धुवाँ फैलाउँछ। राजधानी नयाँदिल्लीले खतरनाक वायु प्रदूषण रोक्न पटाकामा प्रतिबन्ध लगाएको छ।

हिन्दू भक्तजनहरूको पटाकाप्रतिको बलियो धार्मिक भावनाका कारण प्रहरी प्रायः उल्लङ्घनकर्ताहरू विरुद्ध कारबाही गर्न अनिच्छुक हुन्छन्।

सम्बन्धित समाचार

संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस
संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस
  • २०८१ कार्तिक १३, १६: १८

काठमाडौँ : नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने सन्दर्भमा आफ्ना प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गर्ने तयारी गरेको...

टी-२० आई र लिग-२ सिरिज खेल्ने नेपालको छुट्टाछुट्टै टोली घोषणा
टी-२० आई र लिग-२ सिरिज खेल्ने नेपालको छुट्टाछुट्टै टोली घोषणा
  • २०८१ कार्तिक १३, १६: १८

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले युएईसँग हुने टी–२० अन्तर्राष्ट्रिय सिरिज र आइसिसी विश्वकप लिग–२ का लागि छुट्टा छुट्टै नेपाली...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
  • २०८१ कार्तिक १३, १६: १८

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२०...