ओलीको हत्या गर्न उक्साउने कार्कीलाई प्रहरीले खोजेपछि भन्छन्– जिब्रो चिप्लियो,माफी माग्छु! – Naya Bikalpa
June 13, 2025, Friday      Epaper

ओलीको हत्या गर्न उक्साउने कार्कीलाई प्रहरीले खोजेपछि भन्छन्– जिब्रो चिप्लियो,माफी माग्छु!

काठमाडौं। दशरथ रंगशालामा प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न उक्साएको भन्दै नेपाल प्रहरी र जापानस्थित नेपाली दूतावासको निगरानीमा परेपछि रतन कार्कीले माफी मागेका छन्।

अघिल्लो साता काठमाडौंमा भएको साफ यू २० च्याम्पियनसिप २०२४ को फाइनल खेलको क्रममा ‘प्रधानमन्त्रीलाई मार्न’ भन्दै रतन कार्कीले भिडिओ बनाएका थिए।

त्यसपछि कार्कीको खोजीमा प्रहरी लागेको हो। उनी जापानमा रहेकाले पक्राउको लागि त्यहाँको प्रहरीसँग समन्वय भइरहेको प्रहरी स्रोतले जनाएको छ।

जापानमा बस्दै आएका कार्कीले टेलिभिजनमा प्रतियोगिता हेर्दै सामाजिक सञ्जालमा रंगशालाका दर्शकलाई प्रधानमन्त्रीको हत्या गर्न उक्साएका थिए।

कार्कीले फेसबुक लाइभ गर्दै भनेका थिए, ‘आज गरौं, यत्तिचाहिँ गरिहालौं के! आज गरिएन भने हामी धेरै पछुताइन्छ। आँटौं साथीहरु आज। तपाईंहरुले गेम हेरिरहनुभएको होला,तर मैले अरु नै केही हेरिरहेको छु। आज हामीले चाहेम भने मार्न सकिन्छ। यत्रो मान्छे छन् एउटा ग्रुुप बनाएर घेर्ने हो भने फ्याट्टै मार्न सकिन्छ। मारेपछि मारेको मार्यै हुन्छ। आँटम त आज। आज आँटी हालौं,धेरै टाइम पनि छैन। बूढो गइहाल्छ मतलब उता जान पनि टाइम छैन, उता जान पनि छैन। बुझ्नु न यत्ति चाँही गरौं के। आज गरिएन भने पछुताइन्छ साथीहरु।’

अहिले भने उनले खेल हेर्ने क्रममा आक्रोशित भएर त्यस्तो अभिव्यक्ति दिन पुगेको जनाउँदै अन्यथा नलिन आग्रह गरेका छन्।

‘खेल त सबैले हेर्नुभयो होला। हामीले जित्यांै वा हार्यौं, त्यो आफ्नै ठाउँमा छ। सिक्दैछौं। गेमको दौरानमा फ्रस्टेसनको कारण जिब्रो चिप्लिएको हो। मार्नुपर्छ भन्ने शब्द बोल्न पुगेँ। मेरो तात्पर्य गलत भयो। शैली कमेडी भयो। मार्नुपर्छ भन्दा फ्रस्टेसन पोखिएको हो, अलिकति नेगेटिभ इनर्जी भयो। तर, यसलाई कुनै पनि पोलिटिकल व्यक्तिहरुले, कुर्सीमा बस्नुभएका व्यक्तिहरुले मलाई नै प्रहार गर्न खोजेको हो भनेर नबुझिदिनुहोला। मेरो इन्टेन्सन त्यस्तो थिएन। म सबैमा माफी माग्न चाहन्छु’ उनले भिडियोमा भनेका छन्।

सम्बन्धित समाचार

कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
  • २०८१ कार्तिक २१, १५: २६

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
  • २०८१ कार्तिक २१, १५: २६

काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...

बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
  • २०८१ कार्तिक २१, १५: २६

काठमाडौंः थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको उडानमा बमको खतरापछि उडान भरेको केही समयपछि शुक्रबार आपत्कालीन अवतरण गर्न बाध्य...