मुम्बई। बलिउड सुपरस्टार सलमान खानका नाममा मुम्बई ट्राफिक प्रहरीको कन्ट्रोल रुममा धम्कीपूर्ण सन्देश पठाउने व्यक्ति जलाराम बिश्नोईलाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई कर्नाटकका विकारामबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार लरेन्स बिश्नोईका भाइ दाबी पर्ने जलाराम बिश्नोई राजस्थानको जालोर जिल्लाका स्थायी वासिन्दा हुन्।
सलमान खानलाई उनले धम्की दिएर ५ करोड रुपैयाँ मागेका थिए। धम्कीमा अभिनेतालाई जीवित रहन माफी माग्न वा पाँच करोड भारु भुक्तानी गर्ने भनेर दुई विकल्प दिइएको थियो।
उनले आफू जेलमा रहेका गुण्डा नाइके लरेन्स विश्नोईको भाइ भएको दाबी गरेका थिए। विस्नोई समुदायले सलमान खानमाथि कालो हरिणको शिकार गरेको भन्दै माफि माग्न बारम्बार चेतावनी दिँदै आएका छन्।
सलमान खानमाथि सुरक्षा चुनौति थपिएपछि मुम्बई प्रहरीले उनको निवासमा भेटघाटमा कडाई गरेको छ भने सार्वजनिक स्थलमा सलमानको उपस्थितिलाई कमी गरेको छ। सरकारले उनको सुरक्षाका लागि थप कमाण्डो सुरक्षाकर्मी खटाएको छ।
काठमाडौं : भिजिट भिसा प्रकरणलाई लिएर अवरुद्ध संसद् खोल्नेबारे सत्तारुढ दलहरू नेपाली कांग्रेस तथा नेकपा एमाले र प्रतिपक्षी माओवादीबीच २...
काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...
काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...