सलमान खानलाई धम्की दिएर ५ करोड माग्ने लरेन्स विश्नोईका भाई जलाराम पक्राउ – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

सलमान खानलाई धम्की दिएर ५ करोड माग्ने लरेन्स विश्नोईका भाई जलाराम पक्राउ

मुम्बई। बलिउड सुपरस्टार सलमान खानका नाममा मुम्बई ट्राफिक प्रहरीको कन्ट्रोल रुममा धम्कीपूर्ण सन्देश पठाउने व्यक्ति जलाराम बिश्नोईलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई कर्नाटकका विकारामबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार लरेन्स बिश्नोईका भाइ दाबी पर्ने जलाराम बिश्नोई राजस्थानको जालोर जिल्लाका स्थायी वासिन्दा हुन्।

सलमान खानलाई उनले धम्की दिएर ५ करोड रुपैयाँ मागेका थिए। धम्कीमा अभिनेतालाई जीवित रहन माफी माग्न वा पाँच करोड भारु भुक्तानी गर्ने भनेर दुई विकल्प दिइएको थियो।

उनले आफू जेलमा रहेका गुण्डा नाइके लरेन्स विश्नोईको भाइ भएको दाबी गरेका थिए। विस्नोई समुदायले सलमान खानमाथि कालो हरिणको शिकार गरेको भन्दै माफि माग्न बारम्बार चेतावनी दिँदै आएका छन्।

सलमान खानमाथि सुरक्षा चुनौति थपिएपछि मुम्बई प्रहरीले उनको निवासमा भेटघाटमा कडाई गरेको छ भने सार्वजनिक स्थलमा सलमानको उपस्थितिलाई कमी गरेको छ। सरकारले उनको सुरक्षाका लागि थप कमाण्डो सुरक्षाकर्मी खटाएको छ।

सम्बन्धित समाचार

भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
  • २०८१ कार्तिक २२, १४: ०३

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०८१ कार्तिक २२, १४: ०३

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०८१ कार्तिक २२, १४: ०३

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...