
भरतपुर। नारायणगढ –मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्र किलोमा भएको दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ।
शुक्रबार बिहान ३ बजे नारायणगढतर्फ जाँदै गरेको बा प्र ०६–००१ज ०२९८ नम्बरको माइक्रो र मुग्लिङ जाँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको बस ठोक्किँदा माईक्रोका पाँच जनाको मृत्यु भएको थियो।
दुर्घटनामा परी मृत्यु हुनेमा माइक्रोमा सवार गोरखा जिल्ला आरूघाट गाउँपालिका–५ मान्बु बस्ने अन्दाजी ४० वर्षे राजबहादुर गुरूङ, माइक्रो चालक चितवन खैरहनी नगरपालिका–४ का ३९ वर्षीय अनोज अधिकारी छन्।
त्यस्तै, माइक्रोका यात्रु भारत घर भई हाल पोखरा महानगरपालिका–९ बस्ने ३६ वर्षीय राजकुमार साह, नवलपरासीको विनयत्रिबेणी गा.पा.४ बगैंचा बस्ने बर्ष ३५ को सन्तोष भुसाल र ३३ वर्षीया सबिना भुसालको मृत्यु भएको छ।
माइक्रोमा सवार एकजनाको अवस्था गम्भीर रहेको छ। बस चालक प्रहरीको नियन्त्रणमा छन्। घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...