बस र माईक्रो ठोक्किदा भएको दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

बस र माईक्रो ठोक्किदा भएको दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत

भरतपुर। नारायणगढ –मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्र किलोमा भएको दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ।

शुक्रबार बिहान ३ बजे नारायणगढतर्फ जाँदै गरेको बा प्र ०६–००१ज ०२९८ नम्बरको माइक्रो र मुग्लिङ जाँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको बस ठोक्किँदा माईक्रोका पाँच जनाको मृत्यु भएको थियो।

दुर्घटनामा परी मृत्यु हुनेमा माइक्रोमा सवार गोरखा जिल्ला आरूघाट गाउँपालिका–५ मान्बु बस्ने अन्दाजी ४० वर्षे राजबहादुर गुरूङ, माइक्रो चालक चितवन खैरहनी नगरपालिका–४ का ३९ वर्षीय अनोज अधिकारी छन्।

त्यस्तै, माइक्रोका यात्रु भारत घर भई हाल पोखरा महानगरपालिका–९ बस्ने ३६ वर्षीय राजकुमार साह, नवलपरासीको विनयत्रिबेणी गा.पा.४ बगैंचा बस्ने बर्ष ३५ को सन्तोष भुसाल र ३३ वर्षीया सबिना भुसालको मृत्यु भएको छ।

माइक्रोमा सवार एकजनाको अवस्था गम्भीर रहेको छ। बस चालक प्रहरीको नियन्त्रणमा छन्। घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८१ कार्तिक २३, १७: ३७

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८१ कार्तिक २३, १७: ३७

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०८१ कार्तिक २३, १७: ३७

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...